मंगलबार, फागुन १९, २०८२

नेपालका मोहित अष्ट्रेलियाको मोर्गेज ब्रोकरको टप सयमा

'मलाई मोर्टेजबारे सिक्नको लागि नै एक वर्ष लाग्यो। त्यसपछि मैले मेरो सेवाग्राहीलाई राम्रो सुविधा दिएपछि मैले ब्राण्ड बनाउन सकेको हुँ,' उनले एमपिएसँगको कुराकानीमा भनेका छन्।
 |  शनिबार, पुस ९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ९, २०७९

काठमाडौं - नेपालका होम लोन एक्स्पर्ट मोहित लाल प्रधान अष्ट्रेलियाका उत्कृष्ट १०० जना ‘मोर्गेज ब्रोकर’को सूचीमा पर्न सफल भएका छन्। अष्ट्रेलियाको प्रसिद्ध म्यागेज्न ‘एमपिए’ ले वर्षेनी सार्वजनिक गर्दै आएको उत्कृष्ट १००‘म्रोगेज ब्रोकर’ को सूचीमा पर्ने मोहित पहिलो नेपालीसमेत हुन।

'मलाई मोर्टेजबारे सिक्नको लागि नै एक वर्ष लाग्यो। त्यसपछि मैले मेरो सेवाग्राहीलाई राम्रो सुविधा दिएपछि मैले ब्राण्ड बनाउन सकेको हुँ,' उनले एमपिएसँगको कुराकानीमा भनेका छन्।

उनले पहिलो वर्षपछि सेवाग्रहीलाई राम्रो गुणस्तर प्रदान गर्दै सफल हुन सकेको पनि बताएका छन्।

पछिल्लो लामो समय देखि अष्ट्रेलियाको‘रियल स्टेट’क्षेत्रमा कार्यरत मोहित विगत ५ वर्षदेखि ‘होम लोन एक्स्पर्ट’ को रुपमा कार्यरत छन्। उत्कृष्ट ‘मोग्रेज ब्रोकर’ २०२२ को सूचीमा समावेश भएका प्रधान यस अघि पनि ‘बेस्ट रेसिडेन्सियल ब्रोकर अवार्ड २०२१’ , ‘एम्पिए म्यागेजिन योङ गन्स २०१९’ लगायतका अन्य अवार्डबाट पनि सम्मानित भइसकेका छन्।

रियल स्टेट क्षेत्रमा तुलनात्मक रुपले गार्हो मानिने इन्भेस्टमेन्ट लेन्डिङ, पोर्टफोलिओ लेन्डिङ , लो–डिपोजिट लोन तथा एलएमआई होम लोन आदी उनी कार्यरत छन्।

kumari

प्रकाशित: Dec 24, 2022| 13:42 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।