आइतबार, मंसिर २८, २०८२

२६ माघदेखि राष्ट्रिय कराते प्रतियोगिता

प्रतियोगितामा पुरुषतर्फ सात विधाका खेल हुनेछन् भने महिलातर्फ ६ विधा गरी कुल ११ विधामा खेल सञ्चालन गरिनेछ।
 |  शनिबार, पुस ९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ९, २०७९

काठमाडौं– २६ देखि २८ माघसम्म काठमाडौंमा राष्ट्रिय कराते प्रतियोगिता आयोजना हुने भएको छ। शनिबार आयोजक कराते महासंघ ललितपुर प्रमुख डोजोले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजनाबारे जानकारी दिएको हो।

National life

प्रतियोगितको प्रायोजन गोदावरी नगरपालिकाले गर्ने डोजोका सल्लाहकार मीनकृष्ण महर्जनले बताए। मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा जित निकालेका उनले संसद्मा खेलकुदको विषयलाई सशक्त रुपमा उठान गर्ने जानकारी दिए।

पत्रकार सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ अध्यक्ष दीपक श्रेष्ठ र गोदावारी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले प्रतियोगिताको सम्झौतापत्रमा हस्ताक्षर गरे। उनले भने, ‘प्रतियोगितामा तीन विभागीय टिम र सातै प्रदेशको सहभागिता रहनेछ।’

प्रतियोगितामा पुरुषतर्फ सात विधाका खेल हुनेछन् भने महिलातर्फ ६ विधा गरी कुल ११ विधामा खेल हुने आयोजकले जानकारी दिएको हो। प्रतियोगितामा काता र टिमकातासमेत गरी १७ तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

‘प्रत्येक टिमबाट २१ खेलाडी दुई प्रशिक्षक र एक व्यवस्थापक गरी सातै प्रदेशका प्रदेशिक टिम र तीन विभागीय टिमबाट २४० खेलाडी सहभागी बन्नेछन्,’ आयोजकबाट जारी प्रेस विज्ञप्तिामा उल्लेख छ। ‘कराते खेललाई अघि बढाउन राम्रा लक्षण देखापरेको छ। हामीलाई राजनीतिसँग त्यति चासो भएन तर राजनीति गर्नेहरु रंगशाला धाएर मन्त्रीसम्म भए र उनीहरुले खेललाई फर्किएर हेरेनन,’ अध्यक्ष गुरुङले दुखेसो पोखे।

Laxmi sunrise bank
kumari

उनले आउँदो संसद्मा कराते खेलको प्रतिनिधि हुने दाबी गरे। ‘मीनकृष्ण सांसद भएका छन्। उनले करातेको विकासका लागि संसद्मा गएर बोल्नेछन्। यसो भयो भने मात्र खेलले गति पाउने आश गरेका छौं,’ गुरुङले भने, ‘अब रंगशालामा मात्र होइन, देशको सबै क्षेत्रदेखि सिंहदरबारसम्म खेलको महत्त्व सबैले बुझ्नेछन् भन्ने आश राखेका छौं।’

४९ लाख अनुमानित खर्च रहेको प्रतियोगिता आयोजक र स्पोन्सरलाई गुरुङले धन्यवाद दिए। ‘हामी गोदावरी महोत्सव नै गर्ने हो। त्यसमा यसको पनि पाटो हो,’ गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले भने, ‘अहिले खेलकुदमा खेलाडीदेखि सबैमा नैराश्यपन छ। त्यसैले खेलाडीका हौसला बढाउन प्रतियोगिता गर्न लागेका हौं।’ उनले यस्तो प्रतियोगिताका लागि चार वर्षे सम्झौता गरिएको बताए। हरेक वर्ष प्रतियोगिता आयोजना भइरहँदा उनले खेलाडीमा लगाव रहिरहने विश्वास व्यक्त गरे।

प्रकाशित: Dec 24, 2022| 13:15 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।