काठमाडौं- आजबाट सुरु भएको पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-२० लिगमा काठमाडौंले विजयी सुरुवात गरेको छ। काठमाडौंले पोखरालाई २६ रनले पराजित गरेको हो।
पोखराको लागि उपल थरङगाले सर्वाधिक ४४ रनको योग्दान दिए। यस्तै अमिर हमाजले १८ रन, अभिमन्यु मिथुनले रन बनाए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९ ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो।
काठमाडौंको लागि अजमातुल्लाह उमरजाईले ८५ रनको अविजित योगदान गरे। उनले ४२ बलमा ३ चौका र ७ छक्काको आक्रमक पारि खेले।
यस्तै सुनाम गौतम २८ बलमा २७ रन, एलेक्स ब्लेक्सले २१ रन, भिरेन्द्रदिप सिंहले १० रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भए।
यता पोखराको लागि प्रतिस जिसी र जाहिर खान समान २ विकेट लिए। यस्तै मौसम ढकालले १ विकेट हात पारे।