शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पार्टीभित्रैको अन्तरघातले निर्वाचनको परिणाममा असर पुग्यो : प्रकाशमान सिंह

पार्टीभित्रैको अन्तरघातले निर्वाचनको परिणाममा असर पुग्यो : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रैबाट घात हुँदा निर्वाचनको परिणाममा असर परेको बताएका छन्।
 |  शनिबार, पुस ९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ९, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्रैबाट घात हुँदा निर्वाचनको परिणाममा असर परेको बताएका छन्।

National life

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही व्यक्तिहरूले पार्टीको आन्तरिक विषय र महाधिवेशनको विषयलाई उठाएर निर्वाचन प्रभावित गर्न लागिपरेको बताए। सो क्रममा आफूसहितका केही उम्मेदवारविरुद्ध निरन्तर नकारात्मक सन्देश प्रवाह गरेर हराउने अभियान चलाइएको उनको आरोप छ।

‘चुनावको समयमा पार्टीभित्रको कुरा ल्याएर नकारात्मक प्रचार गरियो। अरू उम्मेदवारको विषयमा पनि यस्तै गरियो। यसको असर निर्वाचन परिणाममा देखियो। जित्ने ठाँउमा पनि कांग्रेसले पराजय भोग्नुपर्‍यो’, नेता सिंहले भने।

उनले कांग्रेसमा प्रतिशोध राख्नेहरूका कारण पार्टीको संगठनलाई समेत अविश्वास गर्नुपर्ने अवस्था आएको बताए।

‘पार्टीको संगठनलाई मात्रै निर्भर नपर भन्ने सन्देश यो परिणामले देखायो। यसपटकको तितो पाठ- संगठनको मात्रै भर गर्‍यो भने ‘तेरो हालत यस्तो हुन्छ’ भन्ने अवस्था देखियो’, उनले भने।

Shivam cement

प्रकाशित: Dec 24, 2022| 11:45 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...