शनिबार, चैत १४, २०८२

यी हुन् च्याम्पियन्‍स लिग जितेर पनि नखेलेका क्लबहरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- युरोपियन क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन मंगलबारबाट शुरु भयो।  नयाँ सिजनको पहिलो दिने समूह चरणको खेलहरु सम्पन्न भए। 

यस सिजनको च्यम्पियन्स लिगमा धेरै जसो युरोपका उत्कृष्ट मानिएका क्लबहरुले आफ्नो सहभागीता जनाएका छन्। तर, केही यस्ता क्लब छन्। जसले अघिल्ला चरणका च्याम्पियन्स लिग जिते पनि यस सिजनको च्याम्पियन्स लिगमा सहभागिता जनाएका छैनन्। च्याम्पियन्स लिग उपाधि जितेर पनि यस सिजन च्याम्पियन्स लिगमा सहभागी नभएका क्लबहरु: 

१.नथिङह्याम फरेस्ट  

नथिङह्याम फरेस्टले दुई पटक च्याम्पियन्स लिग उपाधि उचालेको छ। नथिङह्यामले लागातार दुई पटक उपाधि उचालेको थियो। यस क्लबले सन् १९७९ र १९८० को सिजनको च्याम्पियन्स लिग उपाधि जितेको थियो। तर, दुई पटकको नथिङह्याम फरेस्ट यस सिजनको च्याम्पियन्स लिगमा भने सहभागिता जनाएको छैन्।
 
२. सेल्टिक
 
च्याम्पियन्स लिगको इतिहासमा सेल्टिक फुटबल क्लव पनि एक पटकको बिजेता क्लब हो। सेल्टिकले सन् १९६७ मा च्याम्पियन्स लिगको उपाधि उचालेको थियो। सेल्टिक १९७० मा फाईनल समेत  पुगेको थियो । तर, सेल्टिक पनि यस सिजन च्याम्पियन्स लिगमा सहभागि छैन्। 

३. हामबर्ग 

१९८३ को च्याम्पियन लिग बिजेता क्लव हामबर्ग यस सिजनको च्याम्पियन्स लिगमा सहभागि छैन् । हामबर्गले १९८३ मा भएको च्याम्पियन्स लिग फाइनलमा युभेन्ट्सलाई पराजित गरेको थियो । हामबर्ग १९८० को उपाविजेता समेत हो।
 
४. स्टीउआ बुक्चरुटी 

स्टीउआ बुक्चरुटी पनि च्याम्पियन्स लिग उपाधि जितेको फुटबल क्लव हो । उसले सन् १९८६ मा स्पेनिको सवल मानिएको क्लव बार्सिलोनालाई हराएको थियो । तर, यस सिजनको च्याम्पियन्स लिगमा भने स्टीउआ बुक्चरुटी सहभागि छैन्।
 
५.ओलम्पिक डी मार्सिल

ओलम्पिक डी मार्सिल पनि एक पटकको च्याम्पियनस लिग विजेता क्लबहरु मध्यको एक हो । ओलम्पिक डी मार्सिलले १९९३ को च्याम्पियन लिग उपाधि जितेको थियो । १९९१ को च्याम्पियन्स लिगमा उपबिजेता समेत भएको मार्सिल यस बर्षको च्याम्पियन्स लिग सिजनमा भने सहभागी छैन्।

६. बोरुसिया डर्टमन्ड 

बुन्डेस लिगमा चर्चित क्लवको रुपमा रहेको बोरुसिया डर्टमन्ड यस सिजनको च्याम्पियन्स लिगमा सहभागी छैन् । बोरुसिया डर्टमन्डले सन् १९९७ मा च्याम्पियन्स लिग जितेको थियो। एक पटकको च्याम्पियन्स लिग विजेता बोरुसिया डर्टमन्ड २०१३ को उपविजेता क्लब समेत हो । तर, यस सिजन बोरुसिया डर्टमन्ड पनि च्याम्पियन्स लिगमा सहभागी छैन्।

७. फेयनउर्ड 

च्याम्पियन्स लिग बिजेता क्लबहरुको सुचिमा फेयनउर्ड क्लव पनि एक हो। फेयनउर्डले सन् १९७० को च्याम्पियन्स लिग उपाधि उचाल्न सफल भएको थियो । फेयनउर्ड पनि यस सिजनको च्याम्पियन्स लिगमा सहभागी छैन्।
 
८. एस्टोन भिल्ला 

एस्टोन भिल्ला १९८२ को च्याम्पियन्स लिग विजेता क्लब हो। तर, एस्टोन भिल्ला पनि यस सिजनको च्याम्पियन्स लिगमा पर्न सकेन।

९. रेड स्टार बेलग्रेड

१९९१ मा च्याम्पियन्स लिगको उपाधि उचाल्न सफल रेड स्टार बेलग्रेड पनि यस सिजन च्याम्पियन्स लिगमा सहभागिता हुन पाएको छैन् । बेलग्रेडले १९९१ मा ओलंपिक डी मार्सिललाई हराएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।