शुक्रबार, वैशाख २५, २०८३

मन्त्रीले शुभकामना दिएर सुरु भयो टी–२० लिग

कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा शनिबारबाट नेपाल टी २० क्रिकेट लिगको सुरु भएको छ।
 |  शनिबार, पुस ९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ९, २०७९

काठमाडौं– कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा शनिबारबाट नेपाल टी २० क्रिकेट लिगको सुरु भएको छ। प्रतियोगिताको उद्घाटनमा बोल्दै नेपाल क्रिकेट संघ(क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले प्रतियोगिता आयोजनामा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

National life

उनले स्वागत मन्तव्य राख्दै भनेका छन्, ‘पहिलो संस्करणको लिग साकार गर्न गइरहेका छौं। यसलाई सहयोग गर्ने सबैलाई धन्यवाद। आगामि २० दिनको लिग चल्नेछ। त्यसको सहयोगको लागि धन्यवाद दिन चहान्छु।’

त्यस्तै, युवा तथा खेलकुद मन्त्री मन्त्री मेहश्वरजंग गहतराजले पहिलो संस्करणको नेपाल टी–२० लिग २०२२ लाई शुभकामना प्रदान गरेका छन्। उनले भने, ‘कुशल पूर्वक सञ्चालनका लागि शुभकामना दिन चहान्छु। त्यसैगरिस स्पोन्सरहरुको सहयोग को लागि धन्यवाद भन्न चहान्छु। त्यस्तै, राखेप मन्त्रायलका शुभकामना दिन चहान्छु।’

मन्त्री गतहराजले नेपालमा सबैभन्दा ठूलो घरेलु क्रिकेट प्रतियोगिता आफैंले संचालन गरेर क्रिकेटलाई सहयोग भएको बताएका छन। ‘यो क्रिकेट र खेलाडीको विकासको लागि महत्वपूर्ण कोसेढुंगाको रुपमा यसले सहयोग पुर्याउने छ। यसको लागि म नेपाल टी २० लागि पूर्ण भव्य सफलताको कामना गर्न चहान्छु,’ उनले भने।

लिगको उद्घाटन खेलमा अहिले काठमाडौं नाइट्सले पोखरा एभेन्जर्सको  सामना गरिरहेको छ। खेलमा पोखराले टस जितेर फिल्डिङ राजेको छ।

प्रकाशित: Dec 24, 2022| 10:44 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।