शुक्रबार, वैशाख २५, २०८३

बारामा गोली प्रहार गरी भारतीय नागरिकको हत्या

बारामा गोली हानेर एक जना भारतीय नागरिकको हत्या भएको छ।
 |  शनिबार, पुस ९, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस ९, २०७९

National life

बारा– बारामा गोली हानेर एक जना भारतीय नागरिकको हत्या भएको छ। महागढीमाई नगरपालिका वडा नम्बर २ मा शुक्रबार बेलुकी गोली लागेर घाइते भएका ४५ वर्षका शिवपुजन यादवको उपचारका क्रममा ज्यान गएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

अघि बेलुकी एक होटलबाट निस्कँदै गर्दा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले यादवमाथि गोली चलाएका प्रहरी उपरीक्षक बोगटीले बताए। घटनामा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यादव भारतीय प्रहरीको खोजी सूचीमा रहेको र लुकेर आफन्तको घरमा बस्दै आएका खुलेको प्रहरीको भनाइ छ।

प्रकाशित: Dec 24, 2022| 08:25 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।