काठमाडौं- जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान लुम्बिनी तथा सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ। बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ। तराईका थोरै भू–भागमा हुसु र कुहिरो लागेको छ।
आज दिउँसो प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश–१, मधेस प्रदेश, वाग्मती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश–१, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
वर्षा, हिमपात र हुस्सु तथा कुहिरोका कारण दैनिक जीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।