आइतबार, मंसिर २८, २०८२

बंगलादेश जाने सेपाकताक्रो टोलीको विदाई

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे।
 |  शुक्रबार, पुस ८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९

काठमाडौं- बंगबन्धु कप चौथो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुन १६ खेलाडीसहित २५ सदस्यीय नेपाली सेपाकताक्रो टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्दैछ। टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे।

National life

डिसेम्बर २५ देखि ३१ तारिखसम्म ढाकास्थित सुहार्दी राष्ट्रिय इन्डोर स्टेडियममा हुने प्रतियोगितामा नेपाली पुरुष टोलीले तीन तथा महिला टोलीले दुई प्रतिस्पर्धामा सहभागिता जनाउने छन्। पुरुषले रेगु टिम, रेगु र क्वाड तथा महिलाले रेगु र क्वाड प्रतिस्पर्धामा खेल्ने छन्।

पुरुष खेलाडीमा रोशन तामाङ, रविन भट्टराई, संगिन थापा मगर, विपिन थनेत, विजय महतो, पदमबहादुर ठाडा मगर, सूर्यकुमार चौधरी, दिपेशजंग थापा, उमेशबहादुर महतो, राजीव कालाखेती, सन्देश राई र चन्द्र चौधरी रहेका छन्। महिलामा सुमित्रा डंगोल, कमला दर्जी, रुथकुमारी श्रेष्ठ, निरु थापा मगर र भबिसरा ढकाल छन्।

टोली प्रमुखमा नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङ, व्यवस्थापकमा नेसिर मास्के, पुरुषको मुख्य प्रशिक्षकमा वीरेन्द्रविक्रम लिम्बू र सहायक प्रशिक्षकमा खेवाहाङ राई तथा महिलाको मुख्य प्रशिक्षकमा लोकमणि आत्रेय र सहायक प्रशिक्षकमा रामकुमारी शर्मा तिमिल्सिना रहेका छन्। निर्णायकमा मेघराज तोलङ्गी र क्षितिजकुमार धामी रहेका छन्।

टोली शनिबार ढाका प्रस्थान गर्नेछ। पुरुष/महिला दुवैमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश गरी ५ राष्ट्रको सहभागिता रहने अध्यक्ष गुरुङले जानकारी गराए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 23, 2022| 20:24 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।