शुक्रबार, पुस २५, २०८२

यू-१४ टेनिसमा प्राज्ना र हनीको जोडी पहिलो

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा प्राज्ना र हनीको जोडीले नेपालकी स्वस्तिका विष्ट र भारतकी सान्भी रेडी भुनद्यालाको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरे।
 |  शुक्रबार, पुस ८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९

काठमाडौं- नेपालकी प्राज्ना मानन्धर र भारतकी हनी जुमानी गौरवको जोडी २०औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गर्ल्स डबल्समा शुक्रबार पहिलो भएका छन्।

National life

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा प्राज्ना र हनीको जोडीले नेपालकी स्वस्तिका विष्ट र भारतकी सान्भी रेडी भुनद्यालाको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरे।

मन जयकर टेनिस एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइज डबल्समा हङकङका कि छियोङ मोरिस ताङ र वान हिम दोनोभन यिमको जोडीले शीर्ष स्थान कब्जा गरे।

उक्त जोडीले फाइनलमा भारतका सिद्धार्थ जिबु र भिभान मिर्धाको जोडीलाई ७–५ र ६–३ को सोझो सेटमा हराएका हुन्।

प्रतियोगिताको अन्तिम दिन शनिबार ब्वाइज-गर्ल्स सिंगल्सको फाइनल हुनेछ। ब्वाइजमा नेपालका राजवीर प्रधान र हङकङका ताङ भिड्ने छन्। गर्ल्सको पहिलो स्थानका लागि भारतकी सराह चौधरीले आफ्नै राष्ट्रकी तनिसा भत्नागरसंग प्रतिस्पर्धा गर्ने छिन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 23, 2022| 20:10 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।