शुक्रबार, फागुन २२, २०८२

सेन्ट्रल जोन भलिबलमा नेपालको लगातार दोस्रो हार

बंगलादेशको ढाकामा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा नेपाल श्रीलंकासँग सोझो सेटमै पराजित भएको हो।
 |  शुक्रबार, पुस ८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९

काठमाडौं- काभा यु-२३ पुरुष भलिबल च्याम्पियनसिप भलिबल प्रतियोगितामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। बंगलादेशको ढाकामा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा नेपाल श्रीलंकासँग सोझो सेटमै पराजित भएको हो।

National life

खेलको पहिलो सेट नेपालले २६–२४ ले गुमाएको थियो। पहिलो सेटमा नेपालले निकै उत्कृष्ट प्रतिस्पर्धा गरे पनि सेट आफ्नो हातमा पार्न चाहिँ सकेन्। तर दोस्रो सेटमा नेपाल  २५-१८ ले पछि पर्यो। त्यस्तै, तेस्रो सेट पनि नेपालले २५–१७ ले गुमाएको थियो।

नेपाल पहिलो खेलमा आयोजक टिम बंगलादेशसँग सोझो सेटमा पराजित भएको थियो। त्यो खेलमा पनि पहिलो सेट २६–२४ ले गुमाएको नेपाली टोलीले दोस्रो सेट २५–२२ ले गुमाएको थियो। 

नेपालले अन्तिम सेट २५–२१ ले गुमाउ पुगेको थियो। बिहीबारदेखि सुरु भएको  च्याम्पियनसिप ११ पुससम्म चल्नेछ। च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको छ। 

नेपालले च्याम्पियनसिपको पुष ९ गते हुने लिग चरणको अन्तिम खेलमा किर्गिस्तानसँग खेल्नेछ। नेपाल कमसेसक एक खेल जितेर तेस्रो हुने होडमा छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 23, 2022| 19:54 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।