शुक्रबार, पुस २५, २०८२

अन्जन र कमल ५० हजार नगदसहित सम्मानित

शुक्रबार काठमाडौंमा अन्जनलाई छत्रबहादुर थापा स्मृति स्ट्रस्ट र कमललाई शिव विष्णु स्मृति स्ट्रस्टले सम्मान गरेको हो।
 |  शुक्रबार, पुस ८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन विष्ट र भारोत्तोलन खेलाडी कमल अधिकारी सम्मानित भएका छन्। 

National life

शुक्रबार काठमाडौंमा अन्जनलाई छत्रबहादुर थापा स्मृति स्ट्रस्ट र कमललाई शिव विष्णु स्मृति स्ट्रस्टले सम्मान गरेको हो। दुबै खेलाडीलाई मुख्य अतिथी नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माले सम्मान गरेका थिए।

सम्मानित दुबै खेलाडीले नगद जनही ५० हजार प्राप्त गरे। तत्कालीन शाही नेपाली सेनाका महासेनानी स्व. छत्रबहादुर थापाको स्मृतिमा चौथो पटक सम्मान कार्यक्रम आयोजना भएको हो। यस अघि नेपाली राष्ट्रिय टोलीका सदस्य नवयुग श्रेष्ठ छत्रबहादुर स्मृतिबाट सम्मानित भएका थिए।

नेपाली राष्ट्रिय टोलीमा नियमित सदस्य अन्जनले हालसम्म ११ गोल गरिसकेका छन्। एन्फा एकेडेमीका अन्जनले बंगलादेशसँग असोजमा भएको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरेका थिए। १२औं दशौं दक्षिण एसियाली खेलकुद (साग), बंगबन्धु कप र एएफसी सोलिडारिटी कप नेपालले जित्दा अन्जन मुख्य खेलाडी थिए। 

यसैगरी कमलले सन् २००६ कोलम्बोमा आयोजना भएको दशौं सागमा नेपाललाई स्वर्ण पदक जितेका थिए। त्रिभुवन आर्मी क्लबमा आबद्ध कमलले ५७ साल यता भारोत्तोलन खेलमा लगातार खेल्दै आएका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 23, 2022| 19:48 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।