शुक्रबार, साउन ९, २०८२

माधव बिरामी भएपछि गठबन्धनको बैठक बसेन, बालुवाटार पुगे प्रचण्ड

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार साँझ बालुवाटार पुगेका छन्।
 |  शुक्रबार, पुस ८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९

vianetvianet

काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार साँझ बालुवाटार पुगेका छन्। आज साँझ सत्ता गठबन्धनको बैठक बस्ने भनिए पनि नेकपा एसका अध्यक्ष माधव नेपाल बिरामी भएकाले बस्न सकेन। 

गठबन्धनको बैठक नबसे पनि प्रचण्ड भने देउवासँग छलफल गर्न बालुवाटार पुगेका हुन्। सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा घर्किंदै जाँदा दलहरु तीव्र छलफलमा छन्। वर्तमान सत्ता गठबन्धनबाटै सरकार गठनको  प्रयास भइरहेका बेला प्रचण्डले आफू पहिले प्रधानमन्त्री हुनुपर्ने माग गरिरहेका  छन् भने कांग्रेसले पनि आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रयास गरिरहेको छ।  

प्रचण्डलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि पहिलो कार्यकाल प्रधानमन्त्रीको प्रस्ताव गरिसकेका छन्। 


प्रकाशित: Dec 23, 2022| 18:27 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...