काठमाडौं– पूर्वप्रधानमन्त्री तथा पूर्वसांसद डा.बाबुराम भट्टराईले नवनिर्वाचित सांसदहरुलाई चार सुझाव दिएका छन्। शपथ ग्रहणको भोलिपल्ट शुक्रबार ट्विट गर्दै उनले सांसदहरुलाई बधाईसहित टिप्स दिएका हुन्।
उनले भनेका छन्, नवनिर्वाचित सांसदहरूलाई बधाई। नयॉलाई केही सुझावः
१) संसद् जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने सर्वोच्च थलो हो भन्ने बुझ्ने
२) सांसदको प्रमुख काम विधायिकी हो भन्ने बुझेर विधेयकमाथि दफावार छलफल हुने संसदीय समितिमा सधैं उपस्थित हुने
३) एनजीओभन्दा पुस्तकालय रोज्ने
४) आफूलाई माननीय नभन्ने
नवनिर्वाचित सांसदहरूलाई वधाइ! नयाॅलाई केही सुझावः१.संसद जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने सर्वोच्च थलो हो भन्ने बुझ्ने;२.सांसदको प्रमुख काम विधायिकी हो भन्ने बुझेर विधेयकमाथि दफावार छलफल हुने संसदीय समितिमा सधैं उपस्थित हुने;३.NGO भन्दा पुस्तकालय रोज्ने ४.आफुलाई माननीय नभन्ने! pic.twitter.com/1XiZRX7vau
— Baburam Bhattarai (@brb1954) December 23, 2022