शनिबार, चैत १४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • च्याम्पियन्स लिग : रोनाल्डोलाई एक खेल मात्र प्रतिबन्ध हुने सम्भावना 

च्याम्पियन्स लिग : रोनाल्डोलाई एक खेल मात्र प्रतिबन्ध हुने सम्भावना 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
टुरिन (एजेनसी)-च्याम्पियन्स लिगअन्तर्गत बुधबार भ्यालेन्सियाविरुद्ध भएको खेलमा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो रातो कार्ड मैदान बाहिरिएका थिए । 
उनले खेलको २९ औं मिनेटमा भ्यालेन्सियाका डिफेन्डर जेसन मुरील्लोको कपाल तानेको आरोपमा रेफ्रिले रातो कार्ड देखाएका थिए । युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले रोनाल्डोलाई दिएको रातो कार्डको छानविन थाल्दैछ । 

रातो कार्ड पाएपछि रोनाल्डो भावुक हुँदै मैदान छाडेका थिए । यदि उनलाई एक खेल प्रतिबन्ध लगाएको खण्डमा उनले योङ्ग ब्वाइजविरुद्धको खे गुमाउने छन् । उनले एक खेलको प्रतिबन्धमाथि भने यूईएफएमा अपिल गर्न पाउने छैनन् । 

तर दुई वा सो भन्दा बढी खेल प्रतिबन्ध लागेमा उनले अपिल गर्न पाउने प्रावधान छ । सोहि कारण उनलाई २ देखि ३ खेल प्रतिबन्ध हुनसक्ने सम्भावना थियो । तर, अहिले उनलाई एक खेल मात्र प्रतिबन्ध हुने सम्भावना बढेको छ । 

यद्यपी यूईएफए स्रोतका अनुसार रोनाल्डोलाई न्यूनतम १ खेलको प्रतिबन्ध लाग्ने भएको छ । यदि रोनाल्डोलाई ३ खेल प्रतिबन्ध भए म्यानचेस्टर युनाइटेडविरुद्ध अवे मैदानमा अक्टोबर २३ र घरेलु मैदानमा नोभेम्बर ७ मा हुने खेल गुमाउने थिए ।

रोनाल्डोले रातो कार्ड पाएपनि उनले म्यानचेस्टर युनाइटेडविरुद्ध भने खेल्न पाउने अपेक्षा धेरैले गरेका छन् । युनाइटेडका पूर्व मिडफिल्डर ड्यारेन फेल्चारले भने, ‘रातो कार्ड निकै फितलो निर्णय थियो । खेलको नियम पढ्ने हो भने त्यो हर्कत गलत नै हो तर त्यसको लागि एक खेल भन्दा बढी प्रतिबन्ध लगाउनु पर्दैन । उनले युनाइटेडविरुद्ध दुवै खेलमा खेल्ने अपेक्षा गरेको छु ।’
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।