शुक्रबार, वैशाख २५, २०८३

सुन्दरबजार नगरपालिकामा कोसेली घर बन्दै

स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरण गर्ने र पर्यटक आकर्षित गर्ने उद्देश्यले नगरपालिकाले १५ लाख लगानीमा कोसेली घर निर्माण सुरू गरेको नगर प्रमुख कृष्णप्रसाद कोइरालाले बताए।
 |  शुक्रबार, पुस ८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९

लमजुङ- लमजुङको सुन्दरबजार नगरपालिकाले सुन्दरबजार नगरपालिका–६ ठाँचीचौरस्थित प्रशासकीय भवनमा कोसेली घर निर्माण गरिरहेको छ। 

National life

स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरण गर्ने र पर्यटक आकर्षित गर्ने उद्देश्यले नगरपालिकाले १५ लाख लगानीमा कोसेली घर निर्माण सुरू गरेको नगर प्रमुख कृष्णप्रसाद कोइरालाले बताए। उनले भने, ‘पालिकाभित्रका वासिन्दाले उत्पादन गरेका सामग्री राख्नका लागि कोसेली घर निर्माणलाई तीव्रता दिएका छौं।’

परम्परागत शैलीमा गोलाकारका २ तलाका कोसेली घर निर्माण भइरहेका उनको भनाइ छ। गत जेठबाट सुरू भएको कोसेली घरको निर्माण अन्तिम चरणमा पुगेको छ। कोसेली घरको माथिल्लो तल्लामा संग्रहालय हुनेछ। 

कोसेली घरमा स्थानीय स्तरमा उत्पादित जैविक मह, भटमास, कोदो, गुन्द्रुक, रक्सी, कागुनु, आलु, फापर लगायत अन्य तरकारी, हातले बुनेका सामग्री समेत राखिने छ। यहाँ राखिएका सामग्री अवलोकन तथा खरिद गर्न सकिनेछ।

प्रकाशित: Dec 23, 2022| 23:00 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।