बिहीबार, मंसिर १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कस्ता विदेशी खेलाडी अनुबन्ध गर्‍यो लुम्बिनी अल स्टार्सले?

प्रतियोगितामा सहभागी ६ टिम (काठमाडौं नाइट राइडर्स, पोखरा एभेन्जर्स, फार वेस्ट युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार) ले सबै खेलाडी सहित टोलीको टुंगो लगाइसकेका छन्।
 |  शुक्रबार, पुस ८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो आयोजनामा पहिलोपटक गर्न लागेको नेपाल टी-ट्वान्टी लिग शनिबारबाट त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ। प्रतियोगितामा सहभागी ६ टिम (काठमाडौं नाइट राइडर्स, पोखरा एभेन्जर्स, फार वेस्ट युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार) ले सबै खेलाडी सहित टोलीको टुंगो लगाइसकेका छन्। प्रतियोगिताका लागि ६७ नेपाली तथा ३३ विदेशी खेलाडी छनोट भएका छन्। 

himalayan bank box

लुम्बिनी अल स्टार्सले पनि आफ्नो टिम घोषणा गरिसकेको छ। कप्तानमा दीपेन्द्र सिंह ऐरीलाई राखेको यस टिममा ११ नेपाली खेलाडी रहँदा सात विदेशी खेलाडी पनि राखेको छ। टिमको मुख्य प्रशिक्षकमा इंग्ल्याण्डका पिटर ट्रेगो रहेका छन् भने सहप्रशिक्षकमा नेपालका मनोज कटुवाल रहेका छन्।

लुम्बिनीको टिममा दीपेन्द्र सिंह ऐरी (मार्की खेलाडी तथा कप्तान), कुशल भुर्तेल, सागर ढकाल, गुल्सनकुमार झा, सुनिल धमला, योगेन्द्र सिंह ऐरी, किशोर महतो, इशान पाण्डे, अनिलकुमार साह, आकाश चन्द र तिलक भण्डारी, विपुल शर्मा, प्याट ब्राउन, हर्मित सिंह, लहिरु मिलान्था, शाड्ले भान शाल्कवाएक, ह्यारी टेक्टर र उन्मुक्त चन्द रहेका छन्।

यस्ता छन् लुम्बिनी अल स्टार्सका विदेशी खेलाडी 

विपुल शर्मा
दुईपटक इन्डियन प्रिमियर लिग आईपिएल खेलिसकेका इन्डियन खेलाडी हुन् विपुल शर्मा। सन् २०१०-१३ किङग्स इलेवेन पन्जाब र सन् २०१५-१८ सनराइजर्स हैदरावादमा बिताएका शर्मा टिमका अनुभवी खेलाडी समेत हुन्। उनले इपिएलसहित इन्डियन रन्जी ट्रफी प्रतियोगितामा पन्जाब स्टेट, इन्डियन क्रिकेट लिगमा चन्दीगड लायन्स, हिमाञ्चल प्रदेश र सिक्किमबाट इन्डियन क्रिकेट लिग खेलिसकेका छन्। ३९ वर्षे शर्मा बायाँ हाते ब्याट्सम्यानका रुपमा रहेका उनी बायाँ हातले स्लो आर्म बलिङ पनि गर्न सक्छन्। त्यसैले उनलाई टिममा महत्वपूर्ण  अलराउन्डरका रुपमा हेरिएको छ।

Metro Mart
vianet

प्याट ब्राउन
टी-ट्वान्टी टिमका विश्व च्याम्पियन इङ्गल्यान्डमा केही समय बिताएका बलर हुन् प्याटर ब्राउन। सन् २०१९ मा इङ्गल्यान्डको राष्ट्रिय टिममा डेब्यु गरेका २४ वर्षे ब्राउन त्यसपछि चोटका कारण टिममा पर्न सकेनन्।  इङ्गल्यान्ड टिमको टि-२० र ओडिआइ खेलिसकेका ब्राउनले आफ्नै घरेलु क्रिकेटमा ब्रिङमिङहम फोनेक्स, ओभल इन्भिकिबल्स, पेस्वार ज्लामी, वर्कट्रेस्रे र वर्कट्रेस्रे जस्ता क्लबबाट खेलिसकेका छन्।  

हर्मित सिंह
भारतीय टिमका पूर्व क्रिकेटर हुन् हर्मित सिंह। उनले भारतिय टिमका लागि यू-१९ टिममा रहेर खेलेका थिए। ३० वर्षे सिंहले उमेर समूहमा रहेर पनि सिनियर टिममा भने डेब्यु गर्न सकेनन्। उनी खेलमा बायाँ हाते बलरका रुपमा रहेका खेलाडी हुन्। सन् २०१३ को इन्डियन प्रिमियर लिग आइपिएलका लागि राजस्थान रोयल्सको अक्सनमा रहेको बेला भ्रष्टाचार गरेको आरोप लागेपछि भारतिय क्रिकेट बोर्डले उनलाई जरिवाना गराएको थियो। उनले घरेलु क्रिकेट लिगमा त्रिपुरा, रेष्ट  अफ इन्डिया, वेष्ट जोन, मुम्बइ, एयर इन्डिया रेड बुलमा आबद्ध भइसकेका छन्।

लहिरु मिलान्था
श्रीलंकन विकेटकिपर तथा ब्याट्सम्यान हुन् मिलान्था। २८ वर्षे मिलान्थाले दामदुल्ला,  नेगोम्बो क्रिकेट  क्लब, राग्मा क्रिकेट क्लब, तामिल युनियन क्रिकेट,प्राइम डोलेश्वर स्पोर्टिङ क्लब,गाल्ले ग्यार्डियन्स जस्ता घरेलु क्लबमा खेलिसकेका छन्। उनी घरेलु प्रतियोगिता प्रिमियर लिमिटेड ओभर प्रतियोगिता सन् २०१७-१८ का लिडिङ रन स्कोरर पनि रहेका थिए। खेलेका अधिकांश उत्कृष्ट ब्याट्सम्यानको अवार्ड जितेका छन्।

शाड्ले भान शाल्कवाएक
शाल्कवाएक साउथ अफ्रिकन क्रिकेटर हुन्। अलराउन्डर खेलाडीका रुपमा रहेका ३४ वर्षे शाल्कवाएक अहिले घरेलु लिगमा द नाइटमा पनि आबद्ध छन्। उनी इगल्स, फ्रि स्टेट, वेस्टर्न प्रोभिन्स जस्ता क्लबमा पनि खेलिसकेका छन्। विद्यालय स्तरबाट क्रिकेट सुरुवात गरेका उनले सन् २००६ मा विद्यालय स्तरको खेलमा पाकिस्तानको टुरमा परेका थिए। तर उच्च प्रदर्शन गर्न नसकेपछि उनले राष्ट्रिय टिममा स्थान बनाउन सकेनन्।

ह्यारी टेक्टर
आयरल्यान्डका २३ वर्षे टेक्टर मिडल अर्डर ब्याट्सम्यान हुन्। सन् २०१६ मा आयरल्यान्डका यू-१९ टिममा खेलेका उनले सन् २०१९ मा सिनियर टिममा डेब्यु गरेका थिए। उनले सन् २०१८ मा मेल एकेडेमिक प्लेयर अफ द इयर अवार्ड जितेका थिए। उनले बार्बोडोस रोयल्स, नर्दर्न न्आइट्स, मुन्टर रेड्स जस्ता क्लबबाट क्रिकेट खेलिसकेका छन्।

उन्मुक्त चन्द
सन् २०१२ मा भारतले यू-१९ विश्वकप जित्दै गर्दा टिमको नेतृत्व गर्दै थिए उन्मुक्त चन्दले। टप अडर ब्याट्सम्यानका रुपमा रहेका चन्दले सिनियर टिममा भने स्थान बनाउन सकेनन्। दिल्लि डेयर डेभिल्स, मुम्बइ इन्डियन्सबाट आइपिएल खेलिसकेका चन्द सन् २०१५ को आइपिएल विजेता खेलाडी समेत हुन्। उनले विग व्यास लिग, मिनोर लिग क्रिकेट जस्ता अन्तराष्ट्रिय क्रिकेट लिग  खेलिसकेका छन्। त्यस्तै घरेलु क्रिकेटमा उनले दिल्लि र उत्तराखण्डबाट पनि खेलिसकेका छन्।

प्रकाशित: Dec 23, 2022| 15:35 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।