आइतबार, वैशाख १६, २०८१

कफ सिरप कुन उमेरका बालबालिकालाई सुरक्षित?

डाक्टरहरूका अनुसार बच्चाहरूको खोकी आफैं ठिक हुन्छ। खोक्दा शरीरमा हुने बेकार वस्तु बाहिर आउने उनीहरूको भनाइ छ।
 |  शनिबार, पुस ९, २०७९

बीबीसी

बीबीसी

शनिबार, पुस ९, २०७९

चिसो बढेसँगै बालबालिकामा त्यसको असर बढी देखिन थालेको छ। चिसोमा बालबालिकालाई रुघाखोकी लाग्नु आम समस्या हो।यस्तो समयमा चिकित्सकको सल्लाह बमोजिम मात्र बालबालिकालाई औषधि सेवन गराउनुपर्छ। नत्र स्वास्थ्यमा नकरात्मक असर पर्न सक्छ।

triton college

भारतको मुम्बईमा एउटा घटना बाहिरिएको छ। अढाइ वर्षको बच्चालाई खोकी रोक्नका लागि कफ सिरप दिइएको थियो। त्यसपछि लगभग १७ मिनेटसम्म बच्चाको नाडी चल्न रोकियो। बच्चाकी हजुरआमा डा. तिलोत्तमा मंगेशकरले बीबीसीसँग भनेकी छन्, '१५ डिसेम्बरमा बच्चाकी आमाले उसलाई औषधि दिएकी थिइन्। बच्चा आमासँगै थिए। उनले औषधि सेवन गरिसकेपछि आफूलाई काखमा लिन भने। आमाको काखमा पुगिसकेपछि उनी लल्याकलुलुक भएका थिए। म अर्को कोठामा थिएँ। बुहारीले मलाई आत्तिँदै बोलाइन्।'

डा. मंगेशकर एनेस्थियोलोजिस्ट हुन्। उनले कुनै बिरामीलाई अप्रेसन भन्दा पहिले बेहोस गर्नका लागि एनेस्थिसिया दिने काम गर्छिन्। 'बच्चा निकै गोरो थिए। उनी विस्तारै पहेंलो पर्न थाले। त्यसपछि उनी निलो हुँदै गए। हामी सिधै अस्पताल पुग्यौं। मैले बाटोमा बच्चालाई सीपीआर दिन सुरु गरें। सात मिनेटपछि उसको रंग गुलाबी हुन थाल्यो। १७ मिनेटपछि बल्ल होस आयो र आँखा खोलेर स्वास लिन थाल्यो,' उनले भनिन्।

स्वास्थ्य जाँच गर्दा बच्चाको शरीरमा यसअघि यस्तो नभएको पाइएको उनले बताइन्। त्यसपछि उनले आफूले कफ सिरपका बारेमा जानकारी लिएको र यसमा हुने क्लोरफेनेरमाइल तथा डेक्सट्रोमेथर्फेन हुने पाइएको बताइन्। अमेरिकामा चार वर्षभन्दा कम उमेरका बच्चामा यसको प्रयोग प्रतिबन्ध छ।

डा. मंगेशकरले निर्माण कम्पनीले यो औषधिमा कुनै लेभल नलगाएको र डाक्टरहरूले पनि यसको सेवनका लागि सिफारिस गर्ने गरेको पाइएको बताइन्। उनले आफू घरमै भएका कारण नातिलाई बचाउन सकेको र समयमै अस्पताल पुर्‍याउन सकेको बताएकी छन्। मुम्बईको केइएम अस्पतालका पीडियाट्रिशियन डाक्टर मुकेश अग्रवालका अनुसार पाँच वर्षसम्म बच्चामा आमाबाट प्राप्त प्रतिरोधात्मक क्षमता सकिन्छ र उनीहरूमा आफैंले रोगसँग लड्ने क्षमताको विकास भइसकेको हुँदैन। त्यसैले यो उमेरका बालबालिकामा भाइरल र एलर्जी हुनु सामान्य हो।

corrent noodles
Metro Mart

उनका अनुसार यस समयमा प्रत्येक बच्चामा एक वर्षमा पाँचदेखि छ पटकसम्म रेस्पिरेटरी अट्याक हुन्छ। यस्तो अवस्थामा बालबालिकामा दुईदेखि तीन दिनमा संक्रमण निको हुने गर्छ। यो संक्रमण कान वा अन्य स्थानमा फैलँदा भने बच्चालाई एन्टिबोयोटिक दिनुपर्ने हुन्छ। नत्र यो आफैं निको हुने गर्छ। त्यसैले सामान्य अवस्थामा औषधि र कफ सिरपको आवश्यकता नै पर्दैन।

डाक्टरहरूका अनुसार बच्चाहरूको खोकी आफैं ठिक हुन्छ। खोक्दा शरीरमा हुने बेकार वस्तु बाहिर आउने उनीहरूको भनाइ छ। खोकीले किटाणुहरूलाई शरीरबाट बाहिर निकाल्न मद्दत गर्ने स्वास्थ्यकर्मीहरूले बताएका छन्। त्यसैले औषधि दिएर उसलाई दबाउन कुनै आवश्यक छैन। तीन दिनसम्म पनि स्वास्थ्यमा सुधार भएन भनेमात्रै बच्चालाई अस्पताल लैजानुपर्छ। डाक्टरका अनुसार क्लोरफैनेरमाइन र डेक्सट्रोमेथोर्फेनले बच्चाहरूमा असर गर्छ।

डा. अग्रवालले ज्यादा कफ सिरपको सेवनले अधिक निन्द्रा लाग्ने जोखिम हुने बताएका छन्। यस्तो अवस्थामा बच्चालाई कुनै कुरा खुवाउँदा स्वास नलीमा अड्किने जोखिम रहन्छ। 

यसरी औषधिका कारण निद्रा लाग्दा ब्लड प्रेसर कम हुन्छ। रुघाखोकी लाग्दा बच्चालाई स्वास फेर्न गाह्रो हुन्छ र शरीरमा अक्सिजनको कमी हुन्छ। त्यसैले यस्ता औषधिको ओभरडोजले बालबालिकाको स्वास्थ्यमा नकरात्मक असर पुग्न सक्छ।

स्वस्थ बच्चाले सामान्यतया दिनमा ११ पटक खोक्छ। रुघाखोकी लाग्दा त्यो संख्या बढेर जान्छ। त्यसैले दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई खोकीको औषधि दिनै हुँदैन।

प्रकाशित: Dec 24, 2022| 07:33 शनिबार, पुस ९, २०७९
प्रतिक्रिया दिनुहोस्