शुक्रबार, पुस २५, २०८२

टी-२० लिगको विजेताले कति पाउँछन् पुरस्कार?

नेपाल टी–२० लिग आयोजक नेपाल क्रिकेट संघ (क्यान) को स्ट्राटेजिक पार्टनर सेभेन थ्री स्पोर्टसले नेपालमा भोलि शनिबारबाट हुने लिगको पुरस्कार रकम सार्वजनिक गरेको छ।
 |  शुक्रबार, पुस ८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९

काठमाडौं– नेपाल टी–२० लिग आयोजक नेपाल क्रिकेट संघ (क्यान) को स्ट्राटेजिक पार्टनर सेभेन थ्री स्पोर्टसले नेपालमा भोलि शनिबारबाट हुने लिगको पुरस्कार रकम सार्वजनिक गरेको छ। आयोजकले काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको पुरस्कार रकम सार्वजनिक गरेको हो। 

National life

६ टोली सम्मिलित लिगको विजेताले ५५ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ। त्यस्तै, उपविजता बन्ने टिमले ३० लाख पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा तेस्रो बन्ने टिमले १० लाख र चौथो टिमले पनि पाँच लाख पुरस्कार पाउनेछ।

यता, प्रतियोगिताको प्लेयर अफ दि सिरिजले पाँच लाख प्राप्त गर्दा विधागत उत्कृष्ट खेलाडी (बेस्ट बलर र ब्याट्सम्यान) ले समान दुई लाख ५० हजार पुरस्कार पाउने छन्।

खेलमा इमर्जिङ खेलाडीले एक लाख ८० हजार पाउने छ। हरेक खेलको प्लेयर अफ दि म्याचले ४० हजार पाउने छ। लिगमा जम्मा ३४ खेल हुनेछन्।

प्रतियोगितामा छ टोली सम्मिलित रहेका छन्। एउटा क्लबले पाँच जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ भने प्लेइङ सेटमा चार खेलाडी खेलाउन सक्नेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 23, 2022| 13:57 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।