बुधबार, जेठ २७, २०८३

मधेसमा कांग्रेसले थाल्यो संसदीय दल नेता चयन प्रक्रिया

पाली कांग्रेसले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरेको छ।
 |  शुक्रबार, पुस ८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९

काठमाडौं- नेपाली कांग्रेसले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरेको छ। 

National life

संसदीय दलको नेता चयन गर्न कांग्रेसले पार्टीको मधेस प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ।

कांग्रेस प्रदेश समितिको जनकपुरधाममा बसेको बैठकले उपसभापति यादवको संयोजकत्वमा प्रदेश समितिका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ र सहमहामन्त्री बिन्दुकुमारी यादव सदस्य रहने गरी तीन सदस्य निर्वाचन समिति गठन गर्ने निर्णय भएको कांग्रेसका मधेस प्रदेश प्रचारप्रसार प्रमुख नितेश गुप्ताले जानकारी दिए। 

कांग्रेसको विधान नियमावली र प्रदेश संसदीय दलको विधानको धारा ५ को ३ अनुसार निर्वाचन समिति गठन गरिएको हो। निर्वाचन समितिले केही दिनभित्रै सर्वसहमतिबाट दलको नेता चयन पहल थालिने र नभए अन्तमा निर्वाचन प्रक्रिया अपनाउने गुप्ताले बताए। कांग्रेसमा संसदीय दलका नेताका लागि कांग्रेस मधेस प्रदेश समिति सभापति कृष्णकुमार यादव, रामसरोज यादव, वीरेन्द्र सिंह र जनार्दन क्षेत्री आकांक्षी छन्।

यस्तै बैठकले मधेस प्रदेश सरकार गठनका लागि पार्टीको केन्द्रीय नेतृत्व र अन्य दलहरुसँग समन्वय गर्न प्रदेश सभापति यादवलाई जिम्मेवारी दिने निर्णय गरेको  प्रचारप्रसार प्रमुख गुप्ताले बताए। रासस

Shivam cement

प्रकाशित: Dec 23, 2022| 11:52 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...