बुधबार, जेठ २७, २०८३

प्रचण्डलाई देउवा नेतृत्वको सरकार बनाउन सघाउन प्रकाशमानको आग्रह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनका लागि सघाउन आग्रह गरेका छन्।
 |  शुक्रबार, पुस ८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९
National life
Shivam cement

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनका लागि सघाउन आग्रह गरेका छन्।

शुक्रबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर नेता सिंहले देउवाको नेतृत्वमा नयाँ सरकार गठनका लागि सघाउन आग्रह गरेका हुन्। जवाफमा प्रचण्डले नयाँ सरकारको आफूले नेतृत्व पाउनु पर्ने अडान राखेका थिए।  सिंहका प्रेस संयोजक युपी लामिछानेले माओवादी अध्यक्ष प्रचण्डसँगको भेटवारे जानकारी दिएका छन्।

नेता सिंह माओवादी अध्यक्ष प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। बालुवाटारमा उनले प्रधानमन्त्री देउवालाई प्रचण्डसँग भएको छलफलबारे ‘ब्रिफिङ’ गरेकोका थिए।

प्रकाशित: Dec 23, 2022| 11:34 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...