शुक्रबार, पुस २५, २०८२

नेपाल टी २० लिगको तालिका सार्वजनिक

२४ डिसेम्बर अर्थात् ९ पुसदेखि हुने भएको नेपाल टी २० लिगको तालिका सार्वजनिक भएको छ।
 |  शुक्रबार, पुस ८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९

काठमाडौं– २४ डिसेम्बर अर्थात् ९ पुसदेखि हुने भएको नेपाल टी २० लिगको तालिका सार्वजनिक भएको छ। पटक-पटक सरेर ८ पुसदेखि हुने तय भएको  लिग एक  दिनपछि (शनिबार) बाट हुन लागेको  हो। 

National life

क्यानले प्रतियोगिता सुरु हुनु एक दिन अगाडि मात्र तालिका सार्वजनिक गरेको हो। त्यस्तै हिजो मात्र लिगको टुर्नामेन्ट डाइरेक्टरमा क्यानका महाप्रबन्धक वृत्तान्त खनाल नियुक्त भएका छन्।  

नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गर्न लागेको लिगको तयारी नपुगेपछि तेस्रो पटक सरेर हुन लागेको हो।

सुरुमा यो लिग दसैंअघि असोज आठ गतेबाट आयोजना गर्ने क्यानको लक्ष्य थियो। त्यसैले क्यानले नवौं राष्ट्रिय खेलकुदको क्रिकेट खेल पनि अगाडि सारेको थियो। तर त्यसपछि पनि दुई पटक मिति सरिसकेको थियो।

प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड छन्। प्रतियोगिताको लागि यी सबै क्लबका विदेशी खेलाडी नेपाल आइसकेका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 23, 2022| 10:05 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।