बुधबार, साउन ७, २०८२

महेन्द्र राय यादवले भोलि शपथ लिने

उमेरसम्बन्धी प्राविधिक कारणबाट आज शपथ लिन नसकेपछि उनलाई संघीय संसद् सचिवालयले भोलि मात्र शपथ गराउने तयारी गरेको छ।
 |  बिहीबार, पुस ७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

vianetvianet

काठमाडौं- प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले शुक्रबार बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन्। उमेरसम्बन्धी प्राविधिक कारणबाट आज शपथ लिन नसकेपछि उनलाई संघीय संसद् सचिवालयले भोलि मात्र शपथ गराउने तयारी गरेको छ। 

यादवलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शुक्रबार बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउनेछन्। सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई बिहीबार शपथ गराउने कार्यक्रम राखेको थियो। नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा आज आयोजित समारोहमा दुई सय ७० सांसद्ले ज्येष्ठ सदस्य राणाबाट पद तथा गोपनियताको शपथ लिएका छन्।

यादवसँगै सांसद प्रेमबहादुर आले, माया राई र रामकुमार राई आज शपथ लिन अनुपस्थित थिए। आले पारिवारिक शोकमा र राई सुत्केरी भई अस्पतालमा छन्। खोटाङबाट निर्वाचित सांसद रामकुमार राई हवाईजहाज छुटेकाले शपथ ग्रहण समारोहमा सहभागी हुन नसकेको संसद् सचिवालयले जनाएको छ।

प्रकाशित: Dec 22, 2022| 20:39 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...