काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन्।
बिहीबार साँझ भएको भेटमा सत्ता समीकरणको विषयमा छलफल भएको बताइएको छ।
यादवले आज बिहानमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए। प्रचण्ड निवास खुमलटारमा भएको भेटमा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन यादवलाई आग्रह गरेका थिए। उनले समाजवादी शक्ति निर्माण गर्दै सरकारमा सहभागी हुन यादवलाई प्रस्तावसमेत गरेका थिए।
राष्ट्रपति विद्या देवी भण्डारीले सरकार गठनको आह्वान गरेसँगै नेताहरू भेटघाटमा सक्रिय छन्। सरकार गठनका लागि आइतबार साँझ ५ बजेसम्मको समय दिइएको छ।