बुधबार, फागुन २०, २०८२

भलिबल च्याम्पियनसिप : नेपाल बंगलादेशसँग पराजित

पहिलो सेट २६-२४ ले गुमाएको नेपाली टोलीले दोस्रो सेट २५-२२ ले गुमाएको हो।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

काठमाडौं- नेपाली यु-२३ भलिबल टोली बंगलादेशको राजधानी ढाकामा भएको साभा भलिबल च्याम्पियनसिपको पहिलो खेलमा पराजित भएको छ। 

नेपाल पहिलो खेलमा आयोजक टिम बंगलादेशसँग सोझो सेटमा पराजित भएको हो। पहिलो सेट २६-२४ ले गुमाएको नेपाली टोलीले दोस्रो सेट २५-२२ ले गुमाएको हो। 

नेपालले अन्तिम सेट २५-२१ ले गुमायो। बिहीबारदेखि सुरु भएको  च्याम्पियनसिप ११ पुससम्म चल्नेछ। च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको छ। 

नेपालले च्याम्पियनसिपको दोस्रो खेलमा पुष ८ गते श्रीलंकासँग खेल्छ र पुष ९ गते हुने लिग चरणको अन्तिम खेलमा किर्गिस्तानसँग खेल्नेछ।

प्रकाशित: Dec 22, 2022| 19:21 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।