शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो ५२औं एक्सटेन्सन काउन्टर

ग्लोबल आइएमई बैंकले सञ्चालनमा ल्यायो ५२औं एक्सटेन्सन काउन्टर

ग्लोबल आइएमई बैंकले म्याग्दी जिल्लाको अन्नपूर्ण गाँउपालिका वडा नं ६, पोखरेबगरमा ५२औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९
National life
Shivam cement

काठमाडौं- ग्लोबल आइएमई बैंकले म्याग्दी जिल्लाको अन्नपूर्ण गाँउपालिका वडा नं ६, पोखरेबगरमा ५२औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकको बेनी शाखाको मातहतमा रहने गरी उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो।

यस एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने, रेमिटेन्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ सेवा उपलब्ध हुने बैंकले बताएको छ।

बैंकले २९२ शाखा, २७१ एटिएम, २८३ शाखा रहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ९०० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: Dec 22, 2022| 18:03 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्