शुक्रबार, पुस २५, २०८२

नेपाल टी२० लिग ९ पुसदेखि

नेपाल टी २० लिग २४ डिसेम्बर अर्थात् ९ पुसदेखि हुने भएको छ। पटक पटक सरेर ८ पुसदेखि हुने तय भएको लिग एक दिन पछिबाट हुन लागेको हो।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

काठमाडौं– नेपाल टी २० लिग २४ डिसेम्बर अर्थात् ९ पुसदेखि हुने भएको छ। पटक पटक सरेर ८ पुसदेखि हुने तय भएको  लिग एक  दिन पछिबाट हुन लागेको हो। 

National life

लिगको टुर्नामेन्ट डाइरेक्टरमा क्यानका महाप्रबन्धक वृतान्त खनाल नियुक्त भएका छन्।  

नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गर्न लागेको लिगको तयारी नपुगेपछि तेस्रो पटक सरेर हुन लागेको हो। सुरुमा यो लिग दशैंअघि असोज आठ गतेबाट आयोजना गर्ने क्यानको लक्ष्य थियो। त्यसैले क्यानले नवौं राष्ट्रिय खेलकुद पछि सारेको थियो। तर त्यसपछि पनि दुई पटक मिति सरिसकेको छ।

सुरुमा मंसिर २५ गतेलाई सरेको प्रतियोगिता पछिल्लो समय पुस आठ गते पुगेको थियो। यसबीचमा काठमाडौं गोर्खाजले आफ्नो नाम पनि फिर्ता लिइसकेको छ। त्यसको नाम अर्कै कम्पनीले किनेको क्यानले जानकारी दिएको छ।

प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड छन्। प्रतियोगिताको लागि यि सबै क्लबका विदेशी खेलाडी नेपाल आइसकेका छन्। तर उनीहरुले अहिलेसम्म श्रम स्विकृति पाएका छैनन्। अहिले ३० विदेशी खलाडीको श्रम स्विकृति प्रकृयामा नै छ। उनीहरुले स्वीकृति नपाए नेपालमा खेल्न पाउने छैनन्।

Laxmi sunrise bank
kumari



प्रकाशित: Dec 22, 2022| 17:50 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।