शनिबार, असोज ३, २०८३

युरोपा लिग : सेभिल्लाको सानदार जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी-बिहीबार राति भएको यूईएफए युरोपा लिग अन्तर्गत स्पेनिस टोली सेभिल्लाले बेल्जियन क्लब स्टान्डर्ड लिएजमाथि सानदार जित निकालेको छ । सेभिल्लाले स्टानडर्ड लिएजलाई ५-१ ले पराजित गर्दै सानदार जित निकालेको हो ।

सेभिल्लाले स्टानडर्ड लिएजविरुद्ध खेलको आठौँ मिनेटमा अग्रता लिएको थियो । सेभिल्लाले एभर बनेगाको गोलमा अग्रता लिएको थियो । तर, ३९ औं मिनेटमा मौस जेनेपोले गोल गर्दै खेल बराबरीमा ल्याए । 

त्यसको  २ मिनेटमै फ्रान्को भाज्केजले गोल गर्दै खेलमा सेभिल्लालाई अग्रता दिलाए । पहिलो हाफमा अन्य अवसर सिर्जना गरेपनि सेभिल्लाको प्रयासमा विपक्षी गोलरक्षकले राम्रो प्रदर्शन गर्दै बचाउ गरे ।

दोस्रो हाफमा विसाम बेन एडरले सेभिल्लाक लागि थप गोल गरे । उनले ४९ औं र ७० औं मिनेटमा गोल गर्दै टोलीको अग्रता फराकिलो पारे । कप्तान एभर बनेगाले ७४ औं मिनेटमा गोल गर्दै खेल आफ्नो पक्षमा पारे ।

यस जितसँगै सेभिल्ला यस समूहको शीर्ष स्थानमा पुग्यो । अर्को खेलमा क्राजोन्डारका भिक्टर क्लासेनले २६ औं मिनेटमा गोल गर्दै टोलीको जित पक्का गरे ।
समूह ‘जे’ अन्तर्गत अर्को खेलमा एफसी क्राजोन्डारले अखिसार्स्पोरलाई १-० ले पराजित गर्यो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।