बिहीबार, जेठ २८, २०८३

सनराइज बैंक 'सर्टिफिकेट अफ मेरिट' बाट सम्मानित

सनराइज बैंक 'सर्टिफिकेट अफ मेरिट' बाट सम्मानित भएको छ। काठमाडौं स्थित होटल याक एण्ड यतिमा सम्पन्न भएको साउथ एशियन फेडेरसन एफ एकाउन्टेन्ट्स (साफा) को एक कार्यक्रममा प्राइभेट बैंकतर्फ सनराइज बैंकले 'वेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२१' बाट सम्मानित भएको हो।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

काठमाडौं- सनराइज बैंक 'सर्टिफिकेट अफ मेरिट' बाट सम्मानित भएको छ। काठमाडौं स्थित होटल याक एण्ड यतिमा सम्पन्न भएको साउथ एशियन फेडेरसन एफ एकाउन्टेन्ट्स (साफा) को एक कार्यक्रममा प्राइभेट बैंकतर्फ सनराइज बैंकले 'वेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२१' बाट सम्मानित भएको हो। 

National life

उक्त कार्यक्रममा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले सो प्रमाणपत्र ग्रहण गरेकी हुन्।  

साफाले उक्त दिन विभिन्न १६ वटा विधाहरूमा अवार्ड प्रदान गरेको थियो। दक्षिण एशियाली देशहरूबाट प्रस्तुत गरेको वार्षिक प्रतिवेदनहरूलाई सो संस्थाको समितिले मूल्यांकन गरी अवार्डका लागि छनोट गरेको हो। 

बैंकले अपनाउँदै आएको पारदर्शिता, जवाफदेहिता तथा सुशासन प्रस्तुतिका आधारमा वार्षिक प्रतिवेदनको मूल्यांकन गरी दिइँदै आएको यस अवार्डलाई दक्षिण एशियामा निकै प्रतिष्ठित अवार्ड मानिन्छ।  


प्रकाशित: Dec 22, 2022| 17:04 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्