शनिबार, जेठ ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नबिल बचत खातामा घातक रोग बिमा कार्यक्रमलाई निरन्तरता

नबिल बचत खातामा घातक रोग बिमा कार्यक्रमलाई निरन्तरता

नबिल बैंक लिमिटेडले नबिल बचत खातामा घातक रोग बिमा कार्यक्रमलाई निरन्तरता दिएको छ।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

काठमाडौं- नबिल बैंक लिमिटेडले नबिल बचत खातामा घातक रोग बिमा कार्यक्रमलाई निरन्तरता दिएको छ। पछिल्लो चार वर्षदेखि यो बिमा सुविधा दिएकोमा पाँचौं वर्षमा पनि निरन्तरता दिने निर्णय लिएको हो। यो बिमा अन्तर्गत ३३८ जना ग्राहकको ६२ करोड ९४ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ।

National life

हरेक बचत खातामा घातक रोगको बिमा तथा आवधिक जीवन बिमा सुविधा योजना अन्तर्गत बिमा गरेका मध्ये ३३८ जनाको दाबी भुक्तानी भएको बैंकले जनाएको छ। चार वर्ष अगाडि सुरु गरेको घातक रोगमा ३ लाख र आवधिक जीवन बिमाको लागि ७५ हजार गरी ३ लाख ७५ हजार रुपैयाँको बिमा हरेक खातावालाको लागि गरिदै आएको छ।

बैंकले आफ्ना खातावालाको हित तथा घातक रोग लाग्दा आर्थिक भरथेग गर्ने उद्देश्यले यस्तो सुविधा दिँदै आएको हो। यो योजना सुरुवातबाट नै निकै प्रभावकारी रहेको र यस योजनाले आफ्ना ग्राहकलाई ठूलो राहत मिलेको भन्दै आगामी दिनहरुमा यसलाई निरन्तरता दिने नबिल बैंकले जनाएको छ।

मेट लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा सुरु गरेको यस योजना अन्तर्गत बैंकले पछिल्लो चार वर्षमा १ अर्ब ६० करोड ७ लाख रुपैयाँ रकम बराबरको प्रिमियम भुक्तान गरेको छ। नबिल बैंकका अनुसार मुद्दतिबाहेक सबै प्रकारको बचत खातामा घातक रोग तथा अवधिक जीवन बिमा हुने गरेको छ। यो सुविधा पाउन बचत खातामा न्यूनतम ३५ हजार रुपैयाँ अनिवार्य हुनुपर्ने र खातावालको उमेर समूह १६ देखि ६० वर्ष हुनु पर्ने बैंकले जनाएको छ।

यस्तो रकम घातक रोग लागेको चिकित्सकले प्रमाणित गरेको समयमा हुनुपर्छ। नबिल बैंकले विभिन्न १३ घातक रोगहरू जस्तै किड्नी फेलर, क्यान्सर, हर्ट अट्याक, लिभर फेलर, बोनम्यारो ट्रान्सप्लान्टेसन, हर्ट भल्भ सर्जरी, इन्ड स्टेज लङ डिजिज, कोमा, पल्मोनरी हाइपरटेन्सन, स्ट्रोक, परमानेन्ट हेपाटाइटिस, अप्लास्टिक एनिमिया तथा सिरयस कोनोनरी आर्टरी डिजिजका लागि बिमा सुविधा दिने गरेको छ।

Shivam cement

प्रकाशित: Dec 22, 2022| 16:41 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्