बुधबार, जेठ २७, २०८३

मधेस प्रदेशको नेतृत्वमा हाम्रो हकदाबी : सीके राउत

जनमत पार्टी मधेस प्रदेशसभामा तेस्रो स्थानमा रहेकाले स्वाभाविक रूपमा मुख्यमन्त्रीको दाबी रहिरहने अध्यक्ष राउतको तर्क।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९
National life
Shivam cement

काठमाडौं– सांसद एवं जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले मधेस प्रदेशको मुख्यमन्त्रीमा हकदाबी गर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभा सदस्यको सपथपछि संसद् भवन परिसरमा पत्रकारसँगको सवालजवाफमा राउतले यस्तो बताएका हुन्। 

मधेस प्रदेशमा आफ्नो पार्टी तेस्रो रहेकाले स्वाभाविक रूपमा मुख्यमन्त्रीको दाबी रहने उनको भनाइ छ। जनताको अपेक्षा पनि जनमत पार्टीलाई नेतृत्व दिनुपर्ने भन्ने रहेको उनले सुनाए। ‘हामीसँग संख्यात्मक रूपमा राम्रो संख्या छ। निर्णायक भूमिकामा छौं। मधेस प्रदेशमा नेतृत्वको दाबी छ। प्रदेशमा हामी तेस्रो ठूलो दल बनेका छौं। जनताको अपेक्षा पनि छ,’ राउतले भने।

मधेस प्रदेशको नेतृत्व पाए सार्वजनिक सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, रोजगारी, किसानका मुद्दालाई प्राथमिकतामा राखेर काम गर्ने उनले बताए। मधेस प्रदेशमा साक्षरतालाई ९५ प्रतिशतभन्दा माथि लैजाने अभियान चलाइने उनको भनाइ छ। जनमत पार्टीले सडक, संसद् र सरकारमा गएरै जनताका माग र मुद्दा सम्बोधन गर्ने राउतको धारणा छ।

प्रकाशित: Dec 22, 2022| 16:09 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...