बुधबार, जेठ २७, २०८३

कांग्रेस–एमाले मिलेर सरकार बनाउन राजेन्द्र लिङ्देनको सुझाव

संसद्मा कुनै पनि पार्टीको बहुमत नआएकाले मुख्य दल कांग्रेस र एमाले मिलेर सरकार गठन गरे मुलुक अस्थिरतामा नफस्ने लिङ्देनको धारणा।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९
National life
Shivam cement

काठमाडौं– सांसद एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउनुपर्ने सुझाव दिएका छन्। संसद्मा कुनै पनि पार्टीको बहुमत नआएकाले मुख्य दल कांग्रेस र एमाले मिलेर सरकार गठन गरे मुलुक अस्थिरतामा नफस्ने उनले बताएका हुन्। 

बिहीबार झापा ३ बाट निर्वाचित अध्यक्ष लिङ्देनले संसद् भवनमा सांसदको सपथ लिएपछि उक्त प्रतिक्रिया दिएका हु्न्। उनले भने, ‘देशलाई राजनीतिक स्थायित्व दिने हो भने कांग्रेस र एमाले मिलेर आगामी ५ वर्ष सरकार चलाउनुपर्छ।’ त्यसो भए हामी प्रतिपक्षमा बस्छौं। दुई ठूला दल मिल्दा देशले विकासको गति लिन सक्छ।’

राप्रपामा हालसम्म सरकारमा जाने विषयमा छलफल नभएको उनको भनाइ छ। हतार गरेर सरकारमा गइहाल्ने पक्षमा राप्रपा नरहेको उनले दाबी गरे।

प्रकाशित: Dec 22, 2022| 15:12 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...