शुक्रबार, पुस २५, २०८२

तेस्रो पटक पनि सर्ने भयो नेपाल टी–२० लिग, नयाँ मिति अनिश्चित

सुरुमा मंसिर २५ गतेलाई सरेको प्रतियोगिता पछिल्लो समय पुस आठ गते पुगेको थियो। यसबीचमा काठमाडौं गोर्खाजले आफ्नो नाम पनि फिर्ता लिइसकेको छ। त्यसको नाम अर्कै कम्पनीले किनेको क्यानले जानकारी दिएको छ।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

काठमाडौं– आयोजकले आयोजना गर्न नसकेपछि पटक पटक सर्दै आएको नेपाल टी २० लिग फेरि सर्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गर्न लागेको नेपाल टी–२० लिगको तयारी नपुगेपछि तेस्रो पटक पनि सर्ने अवस्थामा पुगेको हो।

National life

सुरुमा यो लिग दशैंअघि असोज आठ गतेबाट आयोजना गर्ने क्यानको लक्ष्य थियो। त्यसैले क्यानले नवौं राष्ट्रिय खेलकुद पछि सारेको थियो। तर त्यसपछि पनि दुई पटक मिति सरिसकेको छ।

सुरुमा मंसिर २५ गतेलाई सरेको प्रतियोगिता पछिल्लो समय पुस आठ गते पुगेको थियो। यसबीचमा काठमाडौं गोर्खाजले आफ्नो नाम पनि फिर्ता लिइसकेको छ। त्यसको नाम अर्कै कम्पनीले किनेको क्यानले जानकारी दिएको छ।

पछिल्लो पटक क्यानले पुस आठ गतेबाट लिग गर्ने गरी सूचना जारी गरेको थियो। तर क्यानले र कमर्सियल पार्टनर सेभेन थ्रि स्पोर्टस्ले तयारी चुस्त नगरेपछि प्रतियोगिता फेरि सर्ने निश्चित भएको हो। तर अहिलेम्म क्यानले नयाँ मिति तोकेको छैन। यद्यपि क्लबहरुले प्रतियोगिता खेल्ने टिम भने घोषणा गर्ने क्रम चलिरहेको छ। जनकपुर, विराटनर, लुम्बिनी र पोखराले टिम घोषणा गरिसकेका छन्। त्यसैले प्रतियोगिता एक दुई दिन सर्न सक्ने भएको छ।

प्रतियोगितामा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड छन्। प्रतियोगिताको लागि यि सबै क्लबका विदेशी खेलाडी नेपाल आइसकेका छन्। तर उनीहरुले अहिलेसम्म श्रम स्विकृति पाएका छैनन्। अहिले ३० विदेशी खलाडीको श्रम स्विकृति प्रकृयामा नै छ। उनीहरुले स्वीकृति नपाए नेपालमा खेल्न पाउने छैनन्।

Laxmi sunrise bank
kumari

यो मितिमा पनि प्रतियोगिता आयोजना हुन नसके सञ्चालन अधिकार पाएको कम्पनीसँग सम्झौता रद्द्द गरी क्यान आफैंले प्रतियोगिता आयोजना गर्ने अवस्थामा क्यान पुगेको छ। त्यसो त क्लब आफैंले प्रतियोगितामा समावेश खेलाडीको श्रम स्विकृति लिनुपर्ने हो। क्लब नेपालमा दर्ता नै भएका छैनन्। त्यसैले खेलाडीलाई क्यानले नै दर्ता गर्नुपर्ने भएको छ।

प्रकाशित: Dec 22, 2022| 15:00 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।