बुधबार, जेठ २७, २०८३

नागरिकता र पासपोर्ट विवादबारे के भने रविले?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन-२ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद रवि लामिछानेले अदालतमा विचाराधीन रहेका विषयमा आफूले केही बोल्न नचाहेको बताएका छन्।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन-२ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद रवि लामिछानेले अदालतमा विचाराधीन रहेका विषयमा आफूले केही बोल्न नचाहेको बताएका छन्।

National life

बिहीबार संघीय संसद् भवन बानेश्वरमा शपथ लिन पुगेका लामिछानेले पत्रकारहरुसँग कुराकानी  गर्दै आफ्नो नागरिकता र पासपोर्टको विषय अदालतमा विचाराधीन रहेको  भन्दै यसबारे बोल्न नचाहेको बताएका हुन्।

उनले भने, ‘म यो विषयमा केही बोलिरहनु नै पर्दैन। सम्मानित अदालतमा यो विषय छ। सम्बन्धित निकायले हेरिरहनुभएको छ। म उहाँहरूको निर्णयलाई नै पर्खिन्छु।’

युवराज पौडेल (सफल)ले रवि लामिछानेले २०५० सालमा लिएको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकता नलिएको दाबी गर्दै उनी प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न नै अयोग्य रहेको दाबी गर्दै सर्वोच्चमा रिट हालेका थिए।

अधिवक्ताद्वय रविराज बसौला र नाबीबाबु खत्रीले पनि लामिछाने उम्मेदवार हुन आवश्यक पर्ने नेपाली नागरिकता नै नभएको दाबी गर्दै रिट हालेका छन्।

Shivam cement

रविको शपथ ग्रहणमा रोक लगाउन माग गर्दै परेका दुईवटा रिट निवेदनमा भने सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।


प्रकाशित: Dec 22, 2022| 14:28 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...