काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेट भएको छ। सरकारका प्रवक्ता एवम् मन्त्री कार्कीलाई भेट्न अमेरिकी राजदूत थम्पसन बिहीबार बिहान सिंहदरबार पुगेका थिए।
भेटवार्ता द्विपक्षीय सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ। राजदूत थम्पसनले पछिल्लो नेपालको पछिल्लो राजनीतिक अवस्था, सम्भावित सत्ता समीकरणलगायत विषयमा चासो राखेका थिए।
नेपालको सम्भावित सत्ता समीकरणबारे अमेरिकाले गहिरो चासो व्यक्त गरिरहेको छ। राजदूतमार्फत नेपालमा विकसित भइरहेको पछिल्लो राजनीतिक अवस्थालाई अमेरिकाले नजिकबाट नियालिरहेको छ। नेपालका लागि अमेरिकी राजदूत थम्पसनले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि मंगलबार अपरान्ह बालुवाटार पुगेर भेट गरेका थिए।