बुधबार, साउन ७, २०८२

प्रचण्डकै नेतृत्वमा नयाँ सरकार : जनार्दन

बिहीबार सांसदको शपथ लिन संघीय संसद् भवन पुगेका शर्माले सञ्चारकर्मीसँगको कुराकानीमा प्रचण्डकै नेतृत्वमा सरकार बन्नुपर्ने बताएका हुन्।
 |  बिहीबार, पुस ७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९

vianetvianet

काठमाडौं– अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका नवनिर्वाचित सांसद जनार्दन शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा नयाँ सरकार बन्नुपर्ने र बन्ने बताएका छन्। बिहीबार सांसदको शपथ लिन संघीय संसद् भवन पुगेका शर्माले सञ्चारकर्मीसँगको कुराकानीमा प्रचण्डकै नेतृत्वमा सरकार बन्नुपर्ने बताएका हुन्।

‘माधव नेपाल अस्पतालबाट डिस्चार्ज भएपछि बस्ने गठबन्धन बैठकले को प्रधानमन्त्री वा राष्ट्रपति बन्ने निर्णय गर्छ। अध्यक्ष प्रचण्ड पहिलो पालोमा प्रधानमन्त्री बन्नुपर्छ मेरो सुझाव छ। यद्यपि गठबन्धनबाट को बन्छ, पछि थाहा होला,’ उनले भने।

नयाँ राष्ट्रपति राजनीतिक नेतृत्वबाटै बन्नुपर्ने गरी गठबन्धन दलबीच छलफल र सहमति भइसकेको उनको भनाइ छ। राष्ट्रपतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक जना हुन सक्ने शर्माको दाबी छ।

प्रकाशित: Dec 22, 2022| 13:43 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...