बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • फागुन मसान्तसम्म सरकारी गाडीमा इम्बोस्ड नम्बर जडान अनिवार्य

फागुन मसान्तसम्म सरकारी गाडीमा इम्बोस्ड नम्बर जडान अनिवार्य

आगामी चैतबाट इम्बोस्ड नम्बर जडान नगेरका सरकारी सवारी साधन सडकमा देखिए २ हजार जरिमाना तिराइने।
 |  बिहीबार, पुस ७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ७, २०७९
National life
Shivam cement

काठमाडौं– यातायात व्यवस्था विभागले सरकारी सवारीसाधनलाई फागुन मसान्तसम्म अनिवार्य इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिएको छ।आगामी चैतबाट इम्बोस्ड नम्बर जडान नगेरका सरकारी सवारी साधन सडकमा देखिए ती गाडीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार २ हजार जरिमाना गरिने विभागले बताएको छ।

सरकारी गाडीले १० वर्षसम्म पनि कर नतिरेपछि इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिइएको विभागका महानिर्देशक डा. टोकराज पाण्डेको भनाइ छ।उनले भने, ‘सरकारी गाडीको कर १० वर्षसम्म पनि नउठेपछि कर उठाउने माध्यमका रुपमा इम्बोस्ड नम्बर प्लेट जडानलाई लिएका छौं। फागुन मसान्तसम्म सबै सरकारी गाडीले अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ। सेतो प्लेटले पनि कर नतिरी गाडी चलाउन पाउँदैनन्।’ 

इम्बोस्ड नम्बर प्लेट जडान गर्ने समय अनिवार्य रुपमा कर चुक्ता भएको हुनुपर्ने विभागले स्पष्ट पारेको छ। इम्बोस्ड जडान गर्नुपर्ने निर्देशनले सरकारको राजस्व उठ्ने र इम्बोस्ड जडान प्रक्रिया सहज हुने विभागको ठम्याइ छ। सरकारी गाडीले फागुन मसान्तसम्म इम्बोस्ड जडान नगरेको पाइए २ हजार जरिमानासहित इम्बोस्ड नम्बर जडान गर्न लगाइनेछ।

प्रकाशित: Dec 22, 2022| 11:21 बिहीबार, पुस ७, २०७९
प्रतिक्रिया दिनुहोस्