आइतबार, कात्तिक २, २०८२

विराटनगर सुपर किंग्सको टिम र जर्सी सार्वजनिक, कप्तान कार्थी

विराटनगरले टिमको कप्तानीको जिम्मा मार्की रोहित पौडेललाई छोडेर वेस्ट इन्डिजका आन्द्रे म्याक कार्थीलाई दिएको छ।
 |  बुधबार, पुस ६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस ६, २०७९

काठमाडौं- विराटनगर सुपर किंग्सले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफ्नो स्क्वाड घोषणा गरेको छ। विराटनगरले टिमको कप्तानीको जिम्मा मार्की रोहित पौडेललाई छोडेर वेस्ट इन्डिजका आन्द्रे म्याक कार्थीलाई दिएको छ। नेपाली पूर्वकप्तान सन्दिप लामिछाने फौजदारी मुद्दामा जेल परेपछि नेपाली सिनियर टिमको कप्तानी रोहित पौडेलले नै गरिरहेका छन्। तर उनले पहिलो सिजनको विराटनगर सुपरकिंग्सको टिम सम्हाल्ने छैनन्।

Kumaribank

जिम्वावेका सिकन्दर राजा, पाकिस्तानका हुसैन तलात, वेस्ट इन्डिजका आन्द्रे म्याक क्यार्थी किओन जोशेप र राज रकी नन्नानका साथै अमेरिकी खेलाडी गौरवान्सु शर्मा रहेका छन्।

विराटनगरका मूख्य प्रशिक्षकमा लिन्डेन रहेका छन्। उनले आफ्नो टिममा बेस्ट कप्तान भएको बताएका छन्।  उनले भने, 'यहाँ युवा खेलाडीसँग काम गर्न मजा आइरहेको छ। यहाँ उच्च स्तरमा खेलेका खेलाडी रहेका छन्। नेपाल, जिम्बाबेका उत्कृष्ट खेलाडी छन्।'

विराटनगरको टिमका सिकन्दर राजा यसअघि पनि नेपाल आएर खेलिसकेका खेलाडी हुन्। उनले २०२१ मा विराटनगर वारियर्सबाट इभरेस्ट प्रिमियर लिग खेलेका थिए। तर उनको त्यो सिजन सम्झनलायक रहेन।

गौरवान्सुले भने सात वर्षअघि नेपाली यू-१९ टिमविरुद्ध खेलेका थिए। विराटनगरका नेपाली खेलाडीहरुमा रोहित कुमार पौडेल, अर्जुन साउँद, नन्दन यादव, विवेक कुमार यादव, शाहब आलम, अमर सिंह रौटेला, नारायण जोशी, सूर्य तामाङ, प्रदिप सिंह ऐरी, पृथु वास्कोटा र रिजन ढकाल रहेका छन्।

Metro Mart

टिम घोषणा गर्ने विराटनगर दोस्रो फ्रेन्चाइज क्लब भएको छ। यसअघि जनकपुर रोयल्सले आइतबार टिम सार्वजनिक गरेको थियो।

राकेश गुप्ता मालिकले विदेशबाट आएका खेलाडीलाई स्वागत गरेका छन्। उनले भने, 'अनरका हिसाबले यो अपकमिङ ट्यलेन्टका लागि अवसर भएको बताएका छन्। हाम्रो प्रोपोजल यो सँगै नेपालमा अर्को अवसर हुने छ। हामी क्यानको सम्बन्धन बनाएर क्लब फर्मेसन गर्न गैरहेका छौं। मेरो नेपालसँग पर्सनल अट्याचमेन्ट छ।' उनले नेपालमा कृकेट अर्को स्तरमा जान सक्ने बताएका छन्।

प्रकाशित: Dec 21, 2022| 18:15 बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।