बिहीबार, जेठ २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • दि नेपाल डिस्टीलरिजले ल्यायो ४० यूपीको 'कर्दा ट्रिपल एक्स' मदिरा

दि नेपाल डिस्टीलरिजले ल्यायो ४० यूपीको 'कर्दा ट्रिपल एक्स' मदिरा

लामो समयदेखि २५ यूपी र ३० यूपीको रम तथा मदिरा उत्पादन गर्दै आएको कम्पनीले ४० यूपीको नयाँ उत्पादन 'कर्दा ट्रिपल एक्स'लाई बजारमा ल्याएको हो।
 |  बुधबार, पुस ६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस ६, २०७९

काठमाडौं- दि नेपाल डिस्टीलरिज ४० यूपी सेगमेन्टको नयाँ मदिरा बजारमा ल्याएको छ। लामो समयदेखि २५ यूपी र ३० यूपीको रम तथा मदिरा उत्पादन गर्दै आएको कम्पनीले ४० यूपीको नयाँ उत्पादन 'कर्दा ट्रिपल एक्स'लाई बजारमा ल्याएको हो।

National life

दि नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुवास लामिछानेले कर्दा ट्रिपल एक्स ४० यूपी सेगमेन्टमा नेपाली बजारमा उपलब्ध मध्येकै स्तरीय मदिरा रहेको बताए। 

'ग्राहकको यो सेगमेन्टका मदिराप्रति पछिल्लो समय बढेको आकर्षणलाई सम्बोधन गर्दै कर्दा ट्रिपल एक्स बजारमा ल्याएका हौं, यसमा अल्कोहलको मात्रा २५ र ३० यूपीको मदिरामा भन्दा कम हुन्छ,' उनले भने।

कर्दा ट्रिपल एक्स ७५० एमएल, ३७५ र १८० एमएलको प्याकेजिङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: Dec 21, 2022| 17:28 बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्