बिहीबार, जेठ २८, २०८३

प्रतितोला ८०० ले बढ्यो सुन

मंगलबार प्रतितोला १ लाख ४०० मा कारोबार भएको सुनको मूल्य आजका लागि प्रतितोला १ लाख १ हजार २०० सय तोकिएको हो।
 |  बुधबार, पुस ६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस ६, २०७९
National life
Shivam cement

काठमाडौं– बुधबार सुनचाँदी बजारमा छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ८०० ले उकालो लागेको छ। मंगलबार प्रतितोला १ लाख ४०० मा कारोबार भएको सुनको मूल्य आजका लागि प्रतितोला  १ लाख १ हजार २०० सय तोकिएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ७०० छ। अघिल्लो दिन ९९ हजार ९०० थियो। त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा २५ ले वृद्धी भई प्रतितोला १ हजार ४०० पुगेको महासंघले जनाएको छ। 

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ। हाल अन्तर्राष्ट्रिय बजारमा सुनको प्रतिऔस १ हजार ८१३.४ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित: Dec 21, 2022| 13:03 बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्