बिहीबार, जेठ २८, २०८३

सर्लाहीका दुई चिनी उद्योग सञ्चालन

किसान मागअनुसार उखु मूल्य निर्धारण नभए पनि दुई चिनी उद्योगले तत्कालका लागि गत वर्षकै मूल्य कायम गरी उखु खरिद गर्न थालेका हुन्।
 |  बुधबार, पुस ६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस ६, २०७९

सर्लाही– जिल्लाका दुई चिनी उद्योग सञ्चालनमा आएका छन्। किसानले बिक्री गरेको उखुको भुक्तानी गर्न नसकेको एउटा उद्योग भने सञ्चालनमा आउन सकेको छैन।

National life

उद्योग परिसरमा उखु पर्याप्त आएकाले उद्योग सञ्चालन गरिएको इन्दुशंकर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए। उनका अनुसार किसानको मागअनुसार उखुको मूल्य निर्धारण नभए पनि चिनी उद्योगले तत्कालका लागि गत वर्षकै मूल्य कायम गरी उखु खरिद गर्न थालेको हो।

हरिवनमा रहेको इन्दुशंकर र बगदहमा रहेको महालक्ष्मी सुगर मिल सञ्चालनमा आएका भए पनि अन्नपूर्ण सुगर मिलले किसानको पुरानो उखुको भुक्तानी नगरेकाले सञ्चालनमा आउन नसकेको हो। 

जिल्लाका दुई चिनी मिलले १ पुसबाट उखु खरिद सुरु गरी क्रसिङको तयारी गरेका थिए। सरकारले उखुको मूल्य निर्धारण नगर्दा गत वर्षकै मूल्यमा भुक्तानी दिइने र मूल्य निर्धारण भएपछि बाँकी रकम भुक्तानी दिने सहमति चिनी उद्योगले गरेका छन्। 

उखु किसानले उखुको मूल्य प्रतिक्विन्टल कम्तीमा ७०५ कायम गर्नुपर्ने माग गरेका उखु उत्पादक किसान महासंघ अध्यक्ष कपिलमुनि मैनालीले बताए। उनका अनुसार उखु किसानले चिनी उद्योगमा उखु लगेपछि भुक्तानी पाउने झन्झटिलो प्रक्रिया र उखुको एकै पटकमा भुक्तानी नपाउँदा किसान मारमा परेका छन्। तर खेतमा उखु सुक्न दिनुभन्दा उधारो भए पनि बेच्नुपर्ने किसानलाई बाध्यता छ।

Shivam cement

जिल्लामा करिब ३० हजार बिघा क्षेत्रफलमा उखु खेती हुने गरेकामा यस वर्ष आधाभन्दा पनि कम जमिनमा किसानले उखुखेती गरेका उखु उत्पादक किसानका अगुवा राजकुमार मैनालीले बताए। उनका अनुसार जिल्लामा यस वर्ष करिब १४ हजार बिघामा उखु खेती भएको छ।

इन्दुशंकर चिनी उद्योगले यस वर्ष करिब ४० लाख क्विन्टल उखु क्रसिङ गर्ने र यस वर्षका लागि उखुको मूल्य उद्योगले ५२० र सरकारले ७० किसानलाई भुक्तानी दिने उद्योगका प्रशासन शाखा प्रमुख ठाकुर नेपालले बताए। उखु उत्पादक किसानले सधैं घाटा खाएर उखु बेच्नुपरेका कारण मूल्य बढाउन माग राखेको उखु उत्पादक किसान महासंघ अध्यक्ष मैनालीको भनाइ छ।–रासस

प्रकाशित: Dec 21, 2022| 17:40 बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्