शुक्रबार, साउन १, २०८३

एपीएफ र आयोजक ढोरपाटन क्लब सेमिफाइनलमा प्रवेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-विभागीय टोली नेपाल एपीएफ क्लब र आयोजक ढोरपाटन क्लब पाँचौ ढोरपाटन एम-१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

एपीएफले मन्डली स्पोर्टस् क्लब पाल्पालाई ३-० को सेटमा पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको हो । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा बिहिबार भएको खेलमा एपीएफले पहिलो सेट २५-२० ले आफ्नो पक्षमा पारेको थियो । 

दोस्रो र तेस्रो सेट २५-१५ र २५-१६ ले आफ्नो पक्षमा पार्न सफल भयो । बिहिबारै भएको प्रतिस्पर्धात्मक खेलमा आयोजक ढोरपाटनले थ्री स्टार एकेडेमीमाथि ३-२ को प्रतिस्पर्धात्मक सेटमा जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भयो । 

पहिलो सेट २५-२२ ले जितेको ढोरपाटनले दोस्रो सेट ३२-३० ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछि लगातार दुई सेट गुमाएको ढोरपाटनले अन्तिम सेट आफ्नो पक्षमा पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । 

थ्री स्टारले तेस्रो र चौथो सेट २५-१८ र २५-१५ ले जितेपछि अन्तिम सेटको नतिजा कुर्नुपरेको थियो । तर अन्तिममा ढोरपाटन १५-१३ ले विजयी हुन सफल भयो । 
यस्तै गिताञ्जली कलेजले बुढानिलकण्ठलाई ३० कै सेटमा पराजित गर्‍यो । 

पहिलो सेट २८-२६ ले जितेको गिताञ्जलीले दोस्रो र तेस्रो सेट २५-१४ र २५-२३ ले आफ्नो पक्षमा पारेको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।