सोमबार, वैशाख ७, २०८३

ट्विटर प्रमुखबाट राजीनामा दिने इलोन मस्कको घोषणा

इलोन मस्कले ट्विटरको कार्यकारी प्रमुखको पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
 |  बुधबार, पुस ६, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस ६, २०७९

काठमाडौं- इलोन मस्कले ट्विटरको कार्यकारी प्रमुखको पदबाट राजीनामा दिने घोषणा गरेका छन्। उनले ट्वीटरमा सार्वजनिक रुपमा आफू पदमा रहन योग्य हो या होइन भनी सर्वेक्षण गरेका थिए।  

National life

त्यसमा सहभागी ५७.५ प्रतिशत प्रयोगकर्ताले उनलाई पद छाड्न भनेर मत दिएका थिए। ट्वीटर प्रयोगकर्ताको सो सुझावअनुसार उनले पदबाट राजिनामा दिएका हुन्। 

तीन दिनअघिको उक्त ट्विटर सर्वेक्षणमा १ करोड ७० लाख प्रयोगकर्ताले सहभागिता जनाएका थिए। उनले उत्तराधिकारी भेटेपछि पनि आफूले सफ्टवेअर र सर्भरको टोलीलाई सञ्चालन गर्ने बताएका थिए।

मस्कले ट्विटर किनेपछि सामाजिक सञ्जालमा भएका परिवर्तनहरूका बारेमा प्रयोगकर्ताले आलोचना गर्दैआएका थिए। मस्कले टेस्ला र स्पेसएक्स समेत सञ्चालन गर्छन्।

प्रकाशित: Dec 21, 2022| 08:56 बुधबार, पुस ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।