शुक्रबार, साउन १, २०८३

फिफा वरियतामा नेपालको सुधार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा नेपालले सुधार गरेको छ । पछिल्लो सार्वजनिक गरेको फिफा वरियामा नेपालले एक स्थान सुधार गरेका हो ।

अघिल्लो महिना १ सय ६१ औं स्थानमा रहेको नेपाल सेप्टेम्बर महिनाको वरियतामा १ सय ६० औं स्थानमा पुगेको हो । दक्षिण एसियाली राष्ट्रमध्यमा नेपाल भारत र माल्दिभ्सपछाडी तेस्रो स्थानमा छ । 

भारत एक स्थान तल झर्दै ९७ औं स्थानमा छ । भारतलाई फाइनलमा हराउँदै साफ उपाधि जितेको माल्दिभ्स पनि एक स्थान झर्दै १ सय ५१ औं स्थानमा छ । भुटान १ सय ८८ औं, बंगलादेश १ सय ९३ औं तथा श्रीलंका र पाकिस्तान समान १ सय ९९ औं स्थानमा छन् ।

एसियाली राष्ट्रहरुमध्य इरान सबैभन्दा माथि ३३ औं तथा अस्ट्रेलिया ४३ औं स्थानमा छ । वरियताको शीर्ष स्थानमा फ्रान्स र बेल्जियम संयुक्त रुपमा रहेका छन् । तेस्रोमा ब्राजिल तथा चौथोमा क्रोएसिया छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।