मंगलबार, साउन ६, २०८२

इजरायली सेनाको बेसक्यामबाट हतियार चोरी

अक्टोबरमा नेगेभको दक्षिणी क्षेत्रमा रहेको इजरायली सेनाको एसडे यमन बेसमा रहेको गोलाबारुद गोदामबाट करिब ३० हजार कारतूस हतियार चोरी भएको थियो।
 |  मंगलबार, पुस ५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

vianetvianet

जेरुसेलम- इजरायली सेनाको बेसक्याम्पमा तोडफोड गरी हतियार चोरेर कालो बजारी गरेको आरोपमा आठ इजरायली बेदुइनलाई पक्राउ गरिएको इजरायली सुरक्षा एजेन्सी (शिन बेट) ले मङगलबार जनाएको छ।

अक्टोबरमा नेगेभको दक्षिणी क्षेत्रमा रहेको इजरायली सेनाको एसडे यमन बेसमा रहेको गोलाबारुद गोदामबाट करिब ३० हजार कारतूस हतियार चोरी भएको थियो।

शिन बेटका अनुसार संदिग्धहरू सबै इजरायली नागरिकहरू बेरशेवाको उत्तरी ताराबिन अल-सानाको बेदुइन समुदायका रहेको बुझिएको छ। संदिग्धहरूको हारोन ए-साने, मामन ए-साने, मोहम्मद ए-साने र हमेद ए-साने लगायतका रहेको बताइएको छ।

अब्दुल करिम अल-सने र तारेक अल-सनाई भनेर चिनिने अन्य दुई व्यक्तिले चोरीको बारुद बेच्ने काम गर्ने गरेको अनुसन्धानले खुलेको छ।

यो सँगै चोरीका केही हतियार खरिद गर्ने तेल शेवाका असमत अबु अल्योन र उदय अबु सरिहान पनि पक्राउ परेका छन्।  -एएनआई


प्रकाशित: Dec 20, 2022| 22:30 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।