मंगलबार, फागुन १९, २०८२

श्रीलंकाले आयात प्रतिबन्ध हटायो

अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले १० वस्तुमध्ये इनर्जी ड्रिंक्स, फर्निचर उत्पादनमा प्रयोग हुने एमडीएफ बोर्ड, सीसीटीभी क्यामेरा र खेलकुदका सामाग्री रहेको जनाकरी दिएका छन्।
 |  मंगलबार, पुस ५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

कोलम्बो- श्रीलंकाले मंगलबारदेखि लागू हुने गरी १० वस्तुमा आयात प्रतिबन्ध हटाएको छ। अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले १० वस्तुमध्ये इनर्जी ड्रिंक्स, फर्निचर उत्पादनमा प्रयोग हुने एमडीएफ बोर्ड, सीसीटीभी क्यामेरा र खेलकुदका सामाग्री रहेको जनाकरी दिएका छन्।

खेलकुद तथा युवा मामिला मन्त्रालयको अनुरोधका आधारमा खेलकुदका सामग्रीमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरिएको उनले बताए। श्रीलंका सरकारले गत अगस्टमा १,४६५ वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो तर हाल ७ सय ९५ वस्तुमा लगाइएको प्रतिबन्ध हटाएको छ।

राज्यमन्त्रीले सन् २०२१ को लागि श्रीलंकाको आयात बिल २०.६ बिलियन अमेरिकी डलर थियो। आयात प्रतिबन्धका कारण यो सङ्ख्या धेरै कम हने अपेक्षा गरिएको छ। उनले आर्थिक अवस्थालाई ध्यानमा राखी अन्य वस्तुमाथिको प्रतिबन्ध कहिले हटाउने भन्ने निर्णय सरकारले गर्ने पनि बताएका छन्।   -सिन्ह्वा


प्रकाशित: Dec 20, 2022| 21:46 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।