शुक्रबार, जेठ ४, २०८१

'हामी नेपाल टी–२० लिगको उपाधि दावेदार हौँ'

नेपाल टी–२० लिग सुरु हुन तीन दिन बाँकी रहँदा काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फ्रेन्चाइज क्लब जनकपुर रोयल्सले टिम सार्वजनिक गरेको छ।
 |  मंगलबार, पुस ५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

काठमाडौं- नेपाल टी–२० लिग सुरु हुन तीन दिन बाँकी रहँदा काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फ्रेन्चाइज क्लब जनकपुर रोयल्सले टिम सार्वजनिक गरेको छ। मंगलबार टिम घोषणा गर्ने क्रममा मार्की प्लेयरसमेत रहेका सोमपाल कामीले कप्तानीको जिम्मेवारी नपाएको टिमले घोषणा गरेको हो।

triton college

क्लबले कप्तानीको जिम्मेवारी विदेशी खेलाडी ट्रेभोन ग्रिफिनलाई दिएको छ। यो टिमका कप्तान ग्रिफिने भर्खरै मात्र प्रशिक्षक उमेश पटवालाबारे जानकारी पाएका हुन्। उनलाई यसअघि प्रशिक्षकबारे जानकारी थिएन्।

पटवालाले नेपाली सिनियर क्रिकेट टिमको यसअघि प्रशिक्षण गराइसकेका छन्। त्यसैले उनको साथमा कप्तान सोमपालले पाउने विश्वास गरिएको थियो। त्यस्तै, सोमपालले कप्तानी गरेको चितवन टाइगर्सले पछिल्लो संस्करणको टी–२० लिगको उपाधि पनि जितिसकेको छ।

‘यो टिम निकै अनुभवी खेलाडीहरुको टिम हो। हामीलाई त्यस्तै अनुभवी कप्तान चाहिन्छ। त्यसैले हामीले ग्रिफिनलाई कप्तानको जिम्मेवारी दिएको हो,’ प्रशिक्षक पटवालालाले भनेका छन्।

जनकपुर रोयल्सको बाँकी विदेशी खेलाडीहरुमा वेस्ट इन्डिजका चाडविक वाल्टन केस्रिक वसलियन्स, श्रीलंकाका असान प्रिएनजन र अफगानिस्तानका सरफुद्दिन असरफका साथै समउल्लाह सेनवारी रहेका छन्।

corrent noodles
Metro Mart

उनीहरु सबै खेलाडीको श्रम स्विकृति भइसकेको क्लबका मालिकसमेत रहेका गाविन्द खन्डेलवालले जानकारी दिएका छन्। यो प्रतियोगितामा उनको टिमले जित निकाल्ने विश्वास गरेको जानकारी दिएका छन्। ‘हामीले उपाधि जित्ने गरिको टिम बनाएका छौं,’ उनले भनेका छन्।

त्यस्तै, नेपालमा पहिले पनि आइसकेका प्रशिक्षक पटवाला यसअघि नेपालमा भइको इभरेस्ट प्रिमियर लिग(ईपिएल) क्लब पोखरामा प्रशिक्षण गराइसकेका छन्। ‘आशा छ हामी उपाधि जित्नेछौं। त्यारी पनि राम्रो नै भएको छ,’ पटवाललाले भने।

लामो समय पछि नेपालमा पुनः फ्रेन्चाइज लिग हुन आँटेको छ। नेपाल क्रिकेट संघ क्यानले नेपालमा पहिलो पटक आधिकारिक नेपाल टी-२० लिगको आयोजना गर्न लागेको हो। यो प्रतियोगिता आयोजना भएको कारण खेलाडी खुसी भएको जनकपुरका मार्की सोमपाल कामीले बताएका छन्। उनले भने, ‘नयाँ खेलाडीको लागि पनि यो प्रतियोगिता हुनु खुसीको कुरा हो हामीले पनि नयाँ धेरै सिक्न पाउनेछौं। प्रशिक्षकले भनेजस्तौ हामी उपाधिका दावेदार हौँ,’ सहभागीताको उद्देश्यबारे गरिएको प्रश्नमा सोमपालले जवाफ दिए।

यता जनकपुरले कप्तानी सुम्पिएको ग्रिफिनले भने नेपालमा खेल्न आउँदा उत्साही भएको बताएका छन्। उनले भनेका छन, ‘टिमको कप्तानी गर्न पाउनु मेरो लागि धेरै खुसीको कुरा हो। नेपालमा आएर पहिलो पटक खेल्न लागेको छु। प्रतियोगितालाई लिएर म ज्यादै उत्साही छु।’

जनकपुर रोयल्सले आज आफ्नो स्क्वाड पनि सार्वजनि गरेको छ। यो टिमका नेपाली खेलाडीहरुमा सन्दीप जोरा, आदिल आलम, दिलिप नाथ, ललित राजवंशी, सुशन भारी, सुगर पुन, पवन सर्राफ, जितेन्द्र मुखिया, राजेश मुलामी, खड्ग बोहरा छन्।

प्रकाशित: Dec 20, 2022| 20:28 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।