आइतबार, फागुन १७, २०८२

जनमत पार्टीमा दलको नेता छान्ने जिम्मा अध्यक्ष राउतलाई

पार्टीको जनकपुरधाममा आज बसेको संसदीय दलको बैठकमा सहमति नजुटेपछि दलको नेता छान्ने जिम्मा अध्यक्ष डा. राउतलाई दिने निर्णय भएको सो पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशकुमार यादवले जानकारी दिए।
 |  मंगलबार, पुस ५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

जनकपुरधाम- जनमत पार्टीले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने जिम्मा पार्टी अध्यक्ष डा. सिके राउतलाई दिएको छ।

पार्टीको जनकपुरधाममा आज बसेको संसदीय दलको बैठकमा सहमति नजुटेपछि दलको नेता छान्ने जिम्मा अध्यक्ष डा. राउतलाई दिने निर्णय भएको सो पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशकुमार यादवले जानकारी दिए।

संसदीय दलको नेता बन्ने आकांक्षी धेरै भएकाले सहमति हुन नसकेपछि दलको नेता चयन गर्ने अधिकार पार्टी अध्यक्षलाई दिने निर्णय भएको प्रदेशसभा सदस्य यादवले बताए। जनमत पार्टीमा संसदीय दलको नेता बन्न सञ्जय यादव, चन्दन सिंह, वसन्त कुशवाहा, सतिश सिंह, महेशकुमार यादवलगायत नेता आकांक्षी छन्। प्रदेशसभामा यस पार्टी १३ सिटसहित चौथो ठूलो दल बनेको छ।

मधेस प्रदेशसभामा दश राजनीतिक दलको प्रतिनिधित्व भएको छ तर सरकार बनाउन कुनै दलको एकल बहुमत नहुँदा संयुक्त सरकार बन्ने अवस्था छ। 


kumari

प्रकाशित: Dec 20, 2022| 20:15 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।