बुधबार, मंसिर १०, २०८२

जहिल्यै फरक भूमिकामा विपीन

फिल्म ‘जात्रा’पश्चात मात्र दर्शकले चिन्न थालेता पनि जात्रैजात्रा, प्रसाद, सेल्फी किङमार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रंगमञ्च हुँदै ठूलो पर्दामा स्थापित भएका हुन्।
 |  मंगलबार, पुस ५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

काठमाडौं- अभिनेता विपीन कार्की आफ्ना चरित्रमार्फत चिनिन्छन्। लूट, छड्के, पशुपतिप्रसाद, नाका, हरिलगायतमा उनले निर्वाह गरेको चरित्रले पहिचान स्थापित गर्‍यो। फिल्म ‘जात्रा’पश्चात मात्र दर्शकले चिन्न थालेता पनि जात्रैजात्रा, प्रसाद, सेल्फी किङमार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रंगमञ्च हुँदै ठूलो पर्दामा स्थापित भएका हुन्।

National life

उनले हरेक फिल्ममा आफूलाई पात्रमार्फत चिनाउन प्रयास गर्छन्। ‘जात्रा’ सिरिजमा अभिनेत्री वर्षा राउतका श्रीमानको भूमिका निर्वाह गरेका अभिनेता कार्कीले ‘के घर के डेरा’ मा पिता बन्ने प्रस्ताव स्वीकार गरे।

यद्यपि निर्देशक दीपेन्द्रकुमार खनालले श्रीमानकै भूमिकमा ल्याए। उक्त भूमिकालाई अभिनेता कार्कीले ‘फूलबारी’ मा प्रयोग गरे। फिल्ममा उनी अवकाशप्राप्त शिक्षकको भूमिकामा छन्।

उनी वास्तविक उमेरभन्दा बढी देखिएका छन्। प्रायः अभिनेताले उमेरभन्दा बढीको भूमिका नकार्ने गर्छन्।

‘म चरित्र बाँच्ने कोसिस गर्छु। त्यहाँ म पात्र हुँ। मैले सहजै भूमिका स्वीकार्ने गर्छु,’ उनले भने, ‘निर्देशकहरू दर्शकको भावना, मेकअप आर्टिस्टको कामले गर्दा पनि फरक गेटअप दिन रुचाएको पाउँदिन। यद्यपि म भने फरक रूपमै आफूलाई प्रस्तुत गर्न चाहन्छु।’

Laxmi sunrise bank
kumari

उनी फिल्ममा दयाहङ राईको समेत अभिभावक बनेका छन्। प्राविधिक कठिनाइले गर्दा आफूले चाहेको चरित्र अझै पर्दामा ल्याउन नसकेको उनको गुनासो छ।

अभिनेता राई अभिनेता कार्कीको चरित्र निर्माण र त्यसमा बिताउने समयदेखि प्रभावित छन्। ‘हामीले केही फिल्ममा सँगै काम गरेका छौँ । उहाँको चरित्रप्रतिको गम्भीरता र निर्माणमा गरेको मेहेनतले म जस्तो कलाकारलाई ऊर्जा दिन्छ,’ अभिनेता राईले भने।

अभिनेता राई र कार्कीले लूट सिरिज, जात्रैजात्रा र के घर के डेरामा सँगै काम गरेका छन्। उनी दुई अभिनीत पछिल्लो फिल्म ‘फूलबारी’ आउँदो फागुन ५ गते प्रदर्शन हुँदैछ।

प्रकाशित: Dec 20, 2022| 18:45 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।