काठमाडौं– जर्मन क्लब वायर्न म्युनिखले कतार विश्वकपमा गोल्डेन ग्लोब्स विजेता अर्जेन्टाइन गोलकिपर इमिलियानो मार्टिनेजलाई अनुबन्ध गर्न इच्छुक भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। आफ्ना मुख्य गोलकिपर म्यानुएल नुयेरको स्थानमा मार्टिनेजलाई वायर्नले अनुबन्ध गर्न खोजेको हो।
कतार विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई विश्व विजेता बनाउन ठूलो भुमिका निभाएका मार्टिनेजले प्रतियोगितामा उत्कृष्ट गोलकिपरको अवार्ड जितेका थिए। इङ्ग्लिस क्लब एस्टन भिल्लामा आबद्ध मार्टिनेजलाई अन्य क्लबले पनि चासो दिइरहेका छन्।